अबको बाटो देखाउने डिजिटल साक्षरता र इतिहासलाई स्मरण गराउने उहिलेको पत्रकारिता सार्वजनिक

आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अवको मार्ग प्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताए ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्धारा प्रकाशित पुस्तक आइतबार हेटौडामा बिमोचन गर्दै मन्त्री खनालले यी दुवै पुस्तकले बागमती प्रदेश र आफनो मन्त्रालयको साख बढाएको बताए । ‘अब प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोडन मद्दत पुरयाउनेछ’मन्त्री खनालले भने । सञ्चार रजिष्ट्रारको रुपमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिदा यी सफलता प्राप्त भएको पनि मन्त्री खनालले बताए। आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताउनुभयो । ‘यस्ता कार्यलाई निरन्तरता दिनुपर्छ’ सचिव शर्माले भने ।
उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा । ‘उहिलेको पत्रकारितामा समेटिएका जेष्ठ पत्रकारका ज्ञान,सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका बिद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने बिषय हुने बताइएको छ ।
डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच , थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने छ । उक्त पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् । भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स, आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ ।
















ट्रम्पको आक्रमण गर्ने धम्कीबीच विद्युत् केन्द्र वरिपरि मानव सांलो बनाउँदै इरानी जनता
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
डेपुटी गभर्नर पण्डितले लिए शपथ
काभ्रे पुगेर गृहमन्त्रीले भने- अवैध रूपमा सञ्चालित सबै क्रसर तुरून्त बन्द गर्नू
आजदेखि मतदाता नामावली सङ्कलन सुरु हुँदै
गुण्डा नाइके सानुभाइसहित १८ जना पक्राउ
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
मन्त्रिपरिषद् बैठक सुरु
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
प्रतिक्रिया