बिहीबार, माघ १, २०८२

पशुपतिनाथको आरतीमा पुगे ओली (तस्बिरहरू)

मेरोन्यूज २०७९ साउन १६ गते १९:०२

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । सन्ध्याकालीन आरतीमा सहभागी हुन उनी सोमबार साँझ पशुपति पुगेका हुन् ।

ओलीले बागमती गंगा आरती सेवा समितिको १५ औँ वार्षिकोत्सव र सन्ध्याकालीन आरतीको उद्घाटन गरेका थिए । साँझ आरती गर्दै आएको समितिको वार्षिकोत्सवका अवसरमा ओलीलाई प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएको थियो ।

प्रतिक्रिया