हजार जना एसईई दिएका विद्यार्थीले इसेवाको सहयोगमा निःशुल्क पढ्न पाउने

काठमाडौँ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले एसईई परीक्षा उतीर्ण गरेका विद्यार्थीका लागि बम्पर अफर ल्याएको छ । यस अफरअन्तर्गत एक हजार जना विद्यार्थीले नेपालका विभिन्न कलेजमा निःशुल्क अध्ययन गर्न पाउने छन् ।
यसका लागि विद्यार्थीहरुले इसेवाको अकाउन्ट खोलेको हुनु पर्ने छ । त्यसपछि इसेवा एपमार्फत आफूले अध्ययन गर्न चाहेको कलेज छानेर पढ्न चाहेको विषय रोज्नु पर्ने छ । यसका लागि विद्यार्थीले १० रुपैयाँ तिरेर आवेदन दिन सक्ने छन् । यसमा उनीहरुले १० प्रतिशत क्यासब्याक पाउने छन् ।
यो योजनामा सहभागी हुन विद्यार्थीले आफ्नो वास्तविक मार्कसिट र चारित्रिक प्रमाणपत्र समावेश गर्नु पर्ने छ । कुन कलेजमा पढ्ने भन्ने कुरा ब्लग डट इसेवा डटकम डट एन्पिमा हेर्न सकिने छ । विद्यार्थीले इसेवाको कल सेन्टरमा सम्पर्क गरेर थप जानकारी लिन सक्ने छन् । इसेवाले हाल एण्ड्रोइड मोबाईलमा ५२ लाख र आइओस् मोबाइलमा १० लाख गरी ६० लाख ग्राहकलाई एप्स्मार्फत सेवा प्रदान गरिरहेको छ ।
इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, मोबाईल, टेलिफोन रिचार्ज तथा टपअप, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क लगायतका सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५२ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् ।















‘नेपालमा लगानी बढाउन सरकार, एनआरएनए र निजी क्षेत्रबीच सहकार्य आवश्यक’
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
जेनजी आन्दोलनका घाइतेको विवरण सार्वजनिक
काठमाडौं पिंक केयराथन २०२६ सम्पन्न
ग्यास र सवारी इन्धनको कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
प्रतिक्रिया