बेनेली नेपालद्वारा मोटोब्लगर्स सम्मेलनको आयोजना

काठमाडौँ । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरू र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको छ ।
गत ३० जुलाईमा आयोजित बेनेली मोटोब्लगर्सको कार्यक्रममा ४० जनाभन्दा बढी मोटोब्लगर्सहरू सहभागी भएका थिए । बैठकले मोटोब्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनबारे शिक्षा दिएको थियो ।
बेनेलीले कार्यक्रममा ७५२ एस, टीएनटी ६०० आई, ३०२ एस, टीआरके २५१ र पार्नेर १२५ जस्ता फ्ल्यागशिप मोडलहरू पनि प्रदर्शन भएको थियो । सबै सहभागीहरूलाई इटालियन डिजाइन र कार्यक्षमता अनुभव गर्न अवशर दिएको थियो ।
बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ मा भएको थियो, बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डमध्ये एक हो । बेनेली एउटा ब्रान्ड हो । जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकल मात्र नभई प्रिमियम स्कुटरहरू पनि प्रदान गर्दछ ।
एकै समयमा सवारी अनुभव र सुरक्षा सुनिश्चित गर्दै बेनेली मोटरसाइकल र स्कुटरहरू सबै प्रकारका सवारको आवश्यकता पूरा गर्नका लागि सिर्जना गरिएको हो । बेनेली मोटरसाइकल र स्कुटरहरूले बनोट र प्रक्रियाको उत्तम संयोजन प्रतिनिधित्व गर्दछ । हाल बेनेली ९० भन्दा बढी देशमा रहेको छ ।
केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो । सन् २०१५ देखि सञ्चालनमा रहेको छ । हाल यसले थ्रीएस सुविधासहित २६ आउटलेटहरूको डिलर नेटवर्क सञ्चालन गरिरहेका छन् ।















प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
प्रतिक्रिया