आइतबार, माघ ४, २०८२

बेनेली नेपालद्वारा मोटोब्लगर्स सम्मेलनको आयोजना

मेरोन्यूज २०७९ साउन १६ गते १९:२७

काठमाडौँ । बेनेली नेपालले सिर्जनाकर्ता, निर्माताहरू र भिडियोग्राफी प्रयोग गरेर आफ्ना रचनात्मक विचारलाई जीवन्त बनाउन मन पराउने व्यक्तिका लागि मोटोब्लगर्स सम्मेलनको आयोजना गरेको छ ।

गत ३० जुलाईमा आयोजित बेनेली मोटोब्लगर्सको कार्यक्रममा ४० जनाभन्दा बढी मोटोब्लगर्सहरू सहभागी भएका थिए । बैठकले मोटोब्लगर्सहरूलाई सडक सुरक्षा, गैरकानुनी परिमार्जनबारे शिक्षा दिएको थियो ।

बेनेलीले कार्यक्रममा ७५२ एस, टीएनटी ६०० आई, ३०२ एस, टीआरके २५१ र पार्नेर १२५ जस्ता फ्ल्यागशिप मोडलहरू पनि प्रदर्शन भएको थियो । सबै सहभागीहरूलाई इटालियन डिजाइन र कार्यक्षमता अनुभव गर्न अवशर दिएको थियो ।

बेनेलीको स्थापना टेरेसा बोनी बेनेली परिवारद्वारा पेसारो, इटालीमा सन् १९११ मा भएको थियो, बेनेली २ वटा सबैभन्दा पुरानो इटालियन मोटरसाइकल ब्रान्डमध्ये एक हो । बेनेली एउटा ब्रान्ड हो । जसले सडक र खेलकुद प्रदर्शन गर्ने मोटरसाइकल मात्र नभई प्रिमियम स्कुटरहरू पनि प्रदान गर्दछ ।

एकै समयमा सवारी अनुभव र सुरक्षा सुनिश्चित गर्दै बेनेली मोटरसाइकल र स्कुटरहरू सबै प्रकारका सवारको आवश्यकता पूरा गर्नका लागि सिर्जना गरिएको हो । बेनेली मोटरसाइकल र स्कुटरहरूले बनोट र प्रक्रियाको उत्तम संयोजन प्रतिनिधित्व गर्दछ । हाल बेनेली ९० भन्दा बढी देशमा रहेको छ ।

केटीएम इन्टरनेशनल ट्रेडिङ प्रा. लिमिटेड नेपालमा बेनेली र किवे ब्रान्डको आधिकारिक वितरक हो । सन् २०१५ देखि सञ्चालनमा रहेको छ । हाल यसले थ्रीएस सुविधासहित २६ आउटलेटहरूको डिलर नेटवर्क सञ्चालन गरिरहेका छन् ।

प्रतिक्रिया