कोभिडले रोजगारी गुमाएका परिवारलाई आर्थिक सहयोग

बनेपा । काभ्रेको मण्डनदेउपुर नगरपालिकाले कोभिड–१९बाट रोजगारी गुमाएका अति विपन्न परिवारलाई रु १० हजार सहयोग गरेको छ ।
नगरप्रमुख टोकबहादुर वाइबाले सोमबार सो रकम वितरण गर्दै विपन्न परिवारको आर्थिक अवस्था माथि उठाउन नगरपालिकाले सहयोग गरेको बताए । “प्रतिव्यक्तिका हिसाबले हेर्दा रकम थोरै छ, तर यसलाई सही ढङ्गले सदुपयोग गरेको खण्डमा यो परिवार धान्ने माध्यमका रूपमा पनि जग बन्ने छ”, नगरप्रमुख वाइबाले भने, “प्राप्त रकमलाई उचित सदुपयोग गर्नुहोला ।”
उपप्रमुख विष्णुमणि नेपालले प्राप्त रकमलाई सही ठाउँमा सही ठाउँमा लगानी गरेर आयआर्जन बढाउन आग्रह गरे । लेखा अधिकृत पुष्पराज बजागाईँले अहिले वितरण गरेको रकम अघिल्लो वर्षको फागुन, चैतमा नै हस्तान्तरण गर्नुपर्ने भए पनि निर्वाचनका कारण पछि सरेको बताए । नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपक घिमिरेले कोभिड व्यवस्थापनमा नगरपालिकाले उच्चस्तरको काम गरेको बताए । उनका अनुसार कोरोना सङ्क्रमणबाट २३ जनाले ज्यान गुमाएका थिए ।
नगरपालिकाका रोजगार संयोजक सुरज पौडेलका अनुसार नगरपालिकाले नगरभित्रका ५८७ अतिविपन्न परिवारलाई रु ५८ लाख ७० हजार वितरण गरिएको बताए। नगरपालिकाले यसअघि कोभिडबाट निधन भएका व्यक्तिको परिवारलाई रु ५० हजारका दरले राहत सहयोग उपलब्ध गरिएको थियो ।













एमालेले आज काठमाडौंमा जनप्रदर्शन गर्दै, केपी ओलीले सम्बोधन गर्ने
माघीमा विवाहको छिनाफानो गर्ने चलन हरायो
निसीखोलामा पुतली नाचको रौनक
यी हुन् एमालेबाट प्रतिनिधिसभा निर्वाचनका लागि देशभरका उम्मेदवार
गगन नेतृत्वको कांग्रेसले राष्ट्रिय सभा चुनावमा एमालेसँगको तालमेल नतोड्ने
राष्ट्रिय लिग फुटबल : जावलाखेलमाथि लालीगुराँसको जित
नेपाली क्रिकेट टोलीको बलिङ कन्सल्टेन्टमा इयान हार्भे
बुढासुब्बा गोल्डकप यही माघ २२ देखि
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
प्रतिक्रिया