साफ यू २० : बंगलादेशसँग बराबरी खेल्दा नेपालको फाइनल यात्रा कठिन

काठमाडौँ । भारतमा जारी साफ यू-२० च्याम्पियनसिपअन्तर्गतको खेलमा नेपालले बंगलादेशविरुद्ध बराबरी गोल गरेको छ ।बंगलादेशले गोल गरेको पाँच मिनेटपछि नै नेपाले गोल फर्काए पनि फाइन पुग्न सकेन ।
नेपालका लागि निरञ्जन मल्लले खेलको ६८ औँ मिनेटमा सानदार गोल गरेका थिए । सब्स्टिच्युट खेलाडीका रुपमा उनी मैदानमा गएका थिए । बंगलादेशका लागि अहमेद नोभाले खेलको ६३ औँ मिनेटमा गोल गरेका थिए ।
नेपालले फाइनल पुग्न भारत र माल्दिभ्सबीच सवा ७ बजे सुरु हुने खेल कुर्नु पर्ने छ । भारतको ३ खेलबाट ६ अंक छ । माल्दिभ्ससँग भारत पराजित भएमा मात्र नेपाल फाइनल पुग्नेछ । बराबरी वा जितले भने भारत फाइनल पुग्ने छ ।
नेपालसँग बराबरी खेलेको बंगलादेश चार खेलबाट १० अंक जोड्दै लिगको शीर्ष स्थानमा रहेको छ । नेपालको चार खेलमा दुई जित र एक बराबरीबाट ७ अंक जोडेको छ ।
खेलमा दुई देशका खेलाडीबीच हात हालाहाल भएपछि एक-एक खेलाडीले रेड कार्ड पाएका थिए । दुवै देशका १०-१० जना खेलाडीले खेलेका थिए ।
यसअघि नेपालले माल्दिभ्सलाई ४-० गोल अन्तर र श्रीलंकालाई ३-० गोलले पराजित गरेको थियो । यस्तै, आफ्नो तेस्रो खेलमा भारतसँग ८-० गोलले पराजित भएको थियो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया