आयरल्यान्डबिरुद्ध दक्षिण अफ्रिकाको सहज जित
मेरोन्यूज
२०७९ साउन १९ गते ७:२५

काठमाडौं । दक्षिण अफ्रिकाले दुई टि २० शृंखलाको पहिलो खेलमा आयरल्यान्डलाई बुधबार राति २१ रनले पराजित गरेको छ । योसँगै शृंखलामा दक्षिण अफ्रिकाले १(० को अग्रता बनाएको छ । २१२ रनको विजयी लक्ष्य पछ्याएको आयरल्यान्ड निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १९० रनमा समेटियो ।
आयरल्यान्डका लोर्कन टकरले सर्वाधिक ७८ रन बनाए । जर्ज डोकरेलले ४३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले निर्धारित २० ओभरमा ५ विकेट गुमाउदै २११ रनको योगफल बनायो ।
दक्षिण अफ्रिकाका रिजा हेन्ड्रिक्सले सर्वाधिक ७४ रन बनाए । यस्तै, एडेन माक्ररमले ५६ रन जोडे ।
अब, दुई बीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुनेछ ।
सम्बन्धित















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया