बुधबार, चैत २५, २०८२

वरिष्ठ संगीतकार रन्जित गजमेर सम्मानीत

मेरोन्यूज २०७९ साउन १९ गते १६:५३

काठमाडौं । वरिष्ठ संगीतकार रन्जित गजमेरलाई सम्मान गरिएको छ । नक्षत्र फाउन्डेशन र मेनुका मेमोरियल फाउण्डेसनले उनलाई सम्मान गरेको हो । 

Advertisement
nepal life insurencenepal life insurence

दुई हप्ताका लागि मुम्बईबाट काठमाडौँ आएको अवसरमा वरिष्ठ संगीतकार गजमेरलाई डेढ लाख नेपाली रुपैयाँसहित सम्मान गरिएको मेनुका मेमोरियल फाउण्डेसनका अध्यक्षसमेत रहेका गायक तथा संगीतकार किशोर शिवाकोटीले जानकारी दिए ।  

सम्मान कार्यक्रममा संचारकर्मी तथा गीतकार डा. नवराज लम्सालले गजमेरले चार पुस्तासम्मलाई समेटेर सबै पुस्ताको मन मुटुमा बस्न सफल भएको बताए । 

सम्मान कार्यक्रममा संगीतकार गजमेरका गुँरास फुल्यो वनैभरि, मिर्मिरे साँझ सिमसिमे पानी, तिम्रो मनमा लुकेका कुरा, यो दुई थोपा आँशु, बस है आमा, किन बढ्दछ ढुकढुकीलगायतका गीतहरु गाइएको थियो । 

प्रतिक्रिया