देशभर थपिए ९१२ कोरोना संक्रमित, थप एकको मृत्यु
मेरोन्यूज
२०७९ साउन २० गते १७:३६

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ९१२ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा थप एक जनाको मृत्यु भएको छ ।
६ हजार ४९१ स्वाब परीक्षण गर्दा ९१२ जनामा संक्रमण देखिएको हो । उनीहरूमध्ये दुई हजार ९४१ जनाको पीसीआर परीक्षण गर्दा ५२९ जनामा र तीन हजार ५५० जनाको एन्टिजन परीक्षण गर्दा ३८३ जनामा संक्रमण पुष्टि भएको छ ।
आज एक जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको कुल संख्या ११ हजार ९७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ३७० जना निको भएको मन्त्रालयले जनाएको छ । योसँगै सक्रिय संक्रमितको संख्या पाँच हजार ७६० पुगेको छ ।
सम्बन्धित
















विश्व बैंकको सहयोगमा ‘डिजिटल’ रूपान्तरण परियोजना कार्यान्वयन हुँदै
मन्त्री चौधरीसँग विश्व बैंकका देशीय निर्देशकको भेट
देउवा दम्पतीविरुद्ध पक्राउ पुर्जी जारी
दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै काठमाडौँ महानगर
संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
प्रतिक्रिया