शनिबार, माघ १०, २०८२

सशस्त्र प्रहरीले पर्साबाट बरामद गर्यो २४० किलो गाँजा

मेरोन्यूज २०७९ साउन २० गते २०:२५

काठमाडौं । सशस्त्र प्रहरी बल पर्साले अवैध २४० किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । शुक्रबार साझ साढेँ ६ बजे पर्सा जिल्लाको बहदरमाई नगरपालिका-७स्थित विश्रामपुरबाट २४० के.जी गाँजा बरामद गरेको हो ।

सशस्त्र प्रहरीबल पर्साका अनुसार विश्रामपुस्थित श्री बाल निकेतन ईङ्गलिस बोडिङ्ग स्कुलको पुरानो भवन पछाडी झाँडीमा हरियो घाँस र कर्कलोको पातले लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाजाँ बरामद गरेको हो ।

बिषेश सुचनाको आधारमा बरामद गरेको २४० के.जी. गाँजा नियन्त्रणमा लिई आवश्यक कारबाहिको लागी जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं १३ गाणले जनाएको छ।

प्रतिक्रिया