मनसुनमा रमाइरहेको काठमाडौं (फोटोफिचर)

काठमाडौं । प्रकृतिसँग रमाउन न कुनै सीमा न कुनै बाँध, रमाउनका लागि न कसैले संवाद गर्छन् न कसैले विवाद, प्रकृतिमा हरेक बेला रमाउन सकिन्छ । जीवनको गतिलाई नयाँ तरिकाले फरक प्रवाहमा हिँडाउन कहीले काहीँ प्रकृति नै निर्णयक बन्छ ।
मनलाई खुशी बनाउन र मन बहलाउनका लागि एकान्तको साथी बनिदिन्छ । काठमाडौंको प्रकृति पनि त्यो भन्दा फरक छैन । बीच शहरमा भन्दा अलि भित्रि गाउँतिर प्रवेश गरेपछिको काठमाडौंको स्वरुप नै फरक छ । अरु बेला धुवाँ र धुलोले
हेरिनसक्नु हुने काठमाडौं सिमसिम पानीमा पानीसँगै खेलौँखेलौँ लाग्ने बनाउँछ । प्रकृतिसँगै रमाउन मन लाग्ने बन्छ ।
प्रकृतिको छटामा एकटक नियाल्न मन लाग्छ अनि त्यसमै हराउन । हाल नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणमा अवस्थित छ । यतिबेला केही स्थानमा अविरल वर्षाका कारण जनजीवन प्रभावित बनिरहेको छ । बाढी,पहिरो र भूक्षयको त्रास पनि त्यत्तिकै छ ।
प्रकृतिको खेल कतै खुशीयाली त कतै रुवाबासी । कतै प्रकृतिकै कारण खुशी मिलेको छ त कतै प्रकृतिकै कारण उठिवास भएको छ । यो अवस्थामा एकले अर्काको साथ लिइ सबैले प्रकृतिको संरक्षण गर्दै होस्टेमा हैसे मिलाएर सुरक्षित र सर्तकता अपनाई प्रकृतिमा रम्न र रमाउन सक्नुपर्छ ।
अर्कोतिर मनसुनबाट नै मानिसले प्रकृतिको भरपुर मनोरञ्जन लिइरहेका छन् । अन्नबाली उत्पादनको लागि पनि यतिबेला प्रकृतिले पानी वर्षाइदिन्छ । साँच्चिकै प्रकृति एउटा रचनाको श्रोत हो । भएका फोहोरलाई पन्छाएर अघि बढ्नसके प्रकृतिले पनि हामी मानवलाई त्यत्तिकै प्रेम गर्नेछ ।




















फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज विश्व टेलिभिजन दिवस
दोस्रो संस्करणको एनपीएल : आज पोखरा र सुदूरपश्चिम भिड्दै
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा छरियो शतबीज (तस्बिरहरू)
प्रतिक्रिया