ऋतिककी पूर्व पत्नी सुजैन अर्सलानसँग विवाह गर्दै

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशनकी पूर्व पत्नी सुजैन खान हालका दिनमा अर्सलान गोनीसँगको सम्बन्धलाई लिएर चर्चामा छिन् । सुजैन र अर्सलान प्रायः डिनरदेखि लिएर विभिन्न पार्टीमा भेटिइरहन्छन् । हालैमात्र यो जोडी छुट्टी मनाउन गएका थिए, जसको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
दुई सन्तानकी आमा सुजैन ऋतिकसँग मिलेर मोर्डन पेरेन्टिङका माध्यमबाट बच्चाको पालनपोषण गरिरहेकी छन् । समाचार अनुसार सुजैन चाँडै अर्सलानसँग विवाह गर्दैछिन् ।
सुजैन र अर्सलान निकै मेच्युर भइसकेका छन् । त्यहीकारण उनीहरु आफ्नो जिन्दगी एकसाथ बिताउन चाहन्छन् । त्यसकारण चाँडै नै विवाह गर्ने तयारीमा छन् । सुजैनले पनि दोस्रो विवाहका लागि गम्भीरतापूर्वक विचार गरिरहेकी छन् । उनीहरुले साधारण तरिकाले विवाह गर्ने योजना बनाएका छन् ।
ऋतिक र सुजैनले सन् २००० मा विवाह गरेका थिए । यो जोडी बलिउडमा रुचाइएको जोडीमा पर्दथे । तर दुवैको सम्बन्ध लामो समय चल्न पाएन । उनीहरुले सन् २०१३ मा डिभोर्स गरे ।









नाइजेरियाको विद्यालयमा बन्दुकधारीद्वारा आक्रमण, ३१५ जना अपहरित
दुई थान पेस्तोलसहित एकजना पक्राउ
दुहबीको जुट मिलमा आगलागी
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक सुरु
एनपिएलः विराटनगर किंग्सकाे लगातार दोस्रो जित
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
प्रधानमन्त्री कार्कीको नियुक्ति असंम्वैधानिक भन्दै एमाले अध्यक्ष ओलीले सर्वोच्चमा पठाए यस्तो जवाफ
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
कस्ताे रहला आज देशभरको मौसम ?
आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
प्रतिक्रिया