अभियान लघुवित्तको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । अभियान लघुवित्तको आइपीओ भर्ने साउन २२ गते अन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । कम्पनीले साउन १८ गते देखि ९ करोड ७५ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० अंकित मूल्यका दरले ९ लाख ७५ हजार कित्ता साधारण सेयर निष्कासन गरेको । यो मध्ये ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोष र १२ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । बाँकी ९ लाख १३ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
यसमा साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले सि–आस्वा प्राप्त बैंक, वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । इक्रा नेपालले लघुवित्तलाई इक्राएनपी इस्यूअर रेटिङ’ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन पुरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ । यो आइपीओमा मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।














प्रतिनिधिसभा सदस्य निर्वाचनमा ४.७ प्रतिशत मत बदर
‘युएईमा अमेरिकी लुक्ने ठाउँहरूमा आक्रमण सुरु भयाे ‘- इरान
दक्षिण कोरिया र अमेरिका संयुक्त सैन्य अभ्यास गरिरहँदा उत्तर कोरियाकाे मिसाइल प्रक्षेपण
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
समानुपातिककाे मत गणना सकियाे : कसले कति पाए ?
तेलको मूल्य प्रति ब्यारेल २०० डलर पुग्छ, ‘तयार हुनु’ – इरान
बिहीबार कुन राशिका लागि शुभ ? हेर्नुहाेस् राशिफल
बिहीबारदेखि मौसमी गतिविधि बढ्ने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया