बैंक अफ काठमाण्डूको रिकरिङ्ग र रिभर्स रिकरिङ्ग खाता सार्वजनिक

काठमाडौँ । ग्राहकको भविष्य तथा वर्तमानको वित्तीय योजनामा सहयोग पु¥याउने हेतुले बैंक अफ काठमाण्डू लिमिटेडले ११.०३ प्रतिशतको उच्चतम् ब्याजदर भएको बिओके रिकरिङ्ग र रिभर्स रिकरिङ्ग निक्षेप खाताहरु सार्वजनिक गरेको छ । वित्तीय व्यवस्थापन कसरी गर्ने भन्ने सोचमा रहेका विभिन्न आकर्षक सुविधाको साथ उच्चतम् व्याजदरसहितको वित्तीय व्यवस्थापनको सुविधाहरु भएको यस निक्षेप खाताहरूले सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
आजको ससाना बचतले भविष्यको ठूला वित्तीय आवश्यकता सहज रुपमा व्यवस्थापन हुन्छन भन्ने मान्यतालाई आत्मसाथ गर्दै बैंकले ग्राहक महानुभावको वित्तीय व्यवस्थापनसहित ११.०३ प्रतिशतको उच्चतम ब्याज आम्दानीको सुनिश्चिताका लागि यस रिकरिङ्ग निक्षेप खाता ल्याएको हो । यस निक्षेप खातामा बैंकले खातावाहक महानुभावलाई त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नेछ ।
यस खातामा न्यूनतम् हजार रुपैयाँदेखि बचत गर्न सकिनुका साथै आफ्नो भविष्यको वित्तीय आवश्यकतामा ध्यानमा राखेर क्रमिक रुपमा अथवा दैनिक, साप्ताहिक तथा मासिक ५०० को गुणाङ्कमा न्यूनतम् एक वर्षदेखि अधिकतम् १० वर्ष बचत गर्न सकिने छ । यदि, रिकरिङ्ग निक्षेप खातावाहक महानुभावलाई वित्तीय आवश्यकता भएमा सहुलियत ब्याजदरमा बचत रकमको ९० प्रतिशतसम्म कर्जा पाउने व्यवस्था रहेको छ ।
बिओके रिभर्स रिकरिङ्ग निक्षेप खाता नेपालको वित्तीय क्षेत्रमा पहिलोपटक यस बैंकले सार्वजनिक गरेको हो । खातावाहक महानुभावहरुको वर्तमानको वित्तीय व्यवस्थापनसहित आर्कषक ब्याजदरको व्यवस्था रहेको बिओके रिभर्स रिकरिङ्ग निक्षेप खातामा एकमुष्ठ रकम बचत गरी आवधिक रुपमा आवश्यक रकम आफ्नो इच्छा तथा योजनाअनुसार अन्य खातामा रकमान्तर गर्ने सुविधा रहेको छ ।
न्यूनतम् कूल मौज्दात दुई लाख भएको यस खातामा ग्राहक महानुभावलाई वार्षिक ११.०३ प्रतिशतको उच्चतम् ब्याज मासिक रुपमा आम्दानी हुनेछ । यस खातामा न्यूनतम् एक वर्षदेखि अधिकतम् १० वर्षसम्मको वित्तीय व्यवस्थापन अवधि रहेको छ ।
साथै, यस रिकरिङ्ग तथा रिभर्स रिकरिङ्ग निक्षेप खातामा बैंकको क्रेडिट जारी शुल्कमा विशेष छुट पाउनुका साथै बचत रकमको ५० प्रतिशतसम्म क्रेडिट कार्ड सुविधा रहेको छ ।
हालसम्म बैंक अफ काठमाण्डू लिमिटेडले १०३ शाखा कार्यालय, ९८ एटिएम र १० एक्स्टेन्सन काउण्टरबाट आफ्ना ग्राहक महानुभावलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आइरहेको छ ।













काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
यस्ता छन् प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्दा पेस गर्नुपर्ने कागजात
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
प्रतिक्रिया