आठ महिनापछि हुम्लामा कोरोना सङ्क्रमित देखियो
मेरोन्यूज
२०७९ साउन २३ गते २१:१०
काठमाडौँ । कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ । लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
सिमकोट गाउँपालिका ५ का ५० वर्षीय एक पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा शङ्का लागेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताए ।
सङ्क्रमित बिरामीलाई अहिले आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ । यसअघि पुस महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
सम्बन्धित











प्रतिनिधिसभा निर्वाचन : आज र भोलि समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका
बालेनसँगको सहमति लगत्तै काठमाडौंको मेयरमा रविका दाजुले गरे ‘उम्मेदवारी घोषणा’
आजको मौसम : तराईमा हुस्सु , हिमाली भूभागमा हिमपातको सम्भावना
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
प्रतिक्रिया