आठ महिनापछि हुम्लामा कोरोना सङ्क्रमित देखियो
मेरोन्यूज
२०७९ साउन २३ गते २१:१०
काठमाडौँ । कोरोना सङ्क्रमणमुक्त भएको हिमाली जिल्ला हुम्लामा झण्डै आठ महिनापछि एक जनामा सङ्क्रमण देखिएको छ । लामो समयदेखि कोरोना सङ्क्रमित शून्य भएको जिल्लामा सोमबार एक पुरुषमा पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाले जानकारी दिएको छ ।
सिमकोट गाउँपालिका ५ का ५० वर्षीय एक पुरुष जिल्ला अस्पताल हुम्लामा उपचारका आउँदा शङ्का लागेर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको जिल्ला अस्पताल हुम्लाका भक्ति फडेराले बताए ।
सङ्क्रमित बिरामीलाई अहिले आइसोलेसनमा राखिएको जानकारी प्राप्त भएको छ । यसअघि पुस महिनामा जिल्ला अस्पताल हुम्लाकै स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको थियो ।
सम्बन्धित















संविधान संशोधन बहसपत्र तयारी कार्यदलको बैठक आज
अब हर्मुज जलमार्गमा इरानले वैधानिक रुपमा शुल्क उठाउन पाउने
आज कुन तरकारि एवम् फलफुलकाे मूल्य कती ?
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया