नर्भिक अस्पताल पुगे बालेन शाह, टहरा भत्काउन समय थप

काठमाडौँ । काठमाडौँ महानगरका मेयर बालेन शाह नर्भिक अस्पताल पुगेका छन् । उनकै निर्देशनमा सोमबार सरकारी जग्गामा बनेको अस्पतालको टहरा भत्काउन २४ घण्टाको अल्टिमेटम दिएको थियो ।
यस क्रममा अस्पतालका प्रतिनिधिले टहरा भत्काउनेबारे थप समय माग गरेका थिए । यस क्रममा अस्पतालले सार्वजनिक जग्गा मिचेर संरचना बनाएको बारेमा अध्ययन गर्न महानगर र अस्पतालले प्राविधिक राखेर अध्ययन समिति बनाउने भएका छन् ।
अस्पतालका प्रतिनिधिले समय माग गरेपछि मेयर शाहले महानगरको इञ्जिनियर आएर अध्ययन गर्न र दुई पक्षका प्रतिनिधि राखेर समिति गठन गर्ने भएको हो ।
यस्तै, मेयर शाहले अस्पतालले मन्त्रिपरिषद्बाट नै जग्गा भाडा लिएर नक्सा पास गरी भवन बनाए आफूले केही नगर्ने बताएका थिए । ‘क्याबिनेटबाटै जग्गा लिजमा लिनुहुन्छ भने हाम्रो कुरा भएन, तर अहिले यो जग्गा महानगरपालिकाको भएकाले महानगरले नै हेर्ने हो,’ उनले भने ।
नर्भिक अस्पतालले लिजमा लिएको एक रोपनी ८ आना जग्गाको पश्चिमतर्फ सम्झौताविपरीत र नक्सा पास नगरी घर टहरा बनाएको महानगरको भनाइ छ ।
















प्रधानमन्त्रीले गरे राजदूतहरूसँग सामूहिक भेट
अफगानिस्तानमा घरको छत खस्दा ७ जनाको मृत्यु
पश्चिम नेपालबाट वर्षा सुरु
राष्ट्रियसभा उपाध्यक्ष भण्डारी पार्टी जिम्मेवारीबाट अलग
पूर्वमन्त्री खड्कालाई थप ७ दिन थुनामा राख्न अनुमति
ट्रम्पको खुलासा- इरानका प्रदर्शनकारीहरुलाई हतियार पठाएका थियौँ
एमाले सांसद शर्मालाई थुनामुक्त गर्न अदालतको आदेश
अरनिको राजमार्गः धुलिखेल–खावा सडकमा कालोपत्र सुरु
खाडीका ऊर्जा पूर्वाधारमा इरानले बढायो आक्रमण
प्रतिक्रिया