भारतबाट फर्किएका ४२ मा कोरोना सङ्क्रमण

काठमाडौँ । सुदूरपश्चिम प्रदेशमा एकै दिन ८४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । गएको २४ घण्टामा एक हजार १०७ को परीक्षण गर्दा ८४ मा सङ्क्रमण पुष्टि भएको सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
सङ्क्रमण देखिनेमा सबैभन्दा बढी कञ्चनपुरका ४२, कैलालीका ३३, अछामका चार, दार्चुलाका दुई र बझाङ, डोटी र बैतडीका एक–एक रहेका छन् । तीमध्ये भारतबाट फर्किएका ४२ मा सङ्क्रमण पुष्टि भएको हो ।
गड्डाचौकी नाकाबाट फर्किएका २३, गौरीफन्टा नाकाबाट १६, पुलघाट नाकाबाट दुई र झुलाघाट नाकाबाट फर्किएका एक जनामा सङ्क्रमण देखिएको निर्देशनालयका कोभिड–१९ सम्पर्क व्यक्ति हेमराज जोशीले जानकारी दिए । यसअघि सोमबार यस प्रदेशमा एक सय २१ मा सङ्क्रमण देखा परेको थियो ।
यस प्रदेशका भारतसँग सीमा जोडिएका सबै नाकामा हेल्थ डेस्क स्थापना गरेर नाकामै कोरोना परीक्षण कार्य जारी रहेको छ । सुदूरपश्चिममा हालसम्म पाँच लाख ६५ हजार सात सय ९२ को कोरोना परीक्षण गरिएकोमा ६० हजार पाँच सय ११ मा सङ्क्रमण देखिएको छ । सङ्क्रमणका कारण हालसम्म छ सय ३४ को ज्यान गइसकेको छ ।
















पूर्व–पश्चिम राजमार्ग अन्तर्गत कपिलवस्तुमा बस दुर्घटना २६ जना घाइते
भक्तपुरमा आजदेखि बिस्का: जात्रा सुरु हुँदै
उपसभामुखको निर्वाचन आज, रुवी र सरस्वतीबिच प्रतिस्पर्धा
अमेरिका र इरानबीच युद्धविरामपछी इजरायली आक्रमणबाट लेबनानमा एकै दिनमा ३०० भन्दा बढीको मृत्यु
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
डेपुटी गभर्नर पण्डितले लिए शपथ
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
प्रतिक्रिया