भाजपासँग गठबन्धन तोडेपछि नितिशद्वारा सात दलको समर्थनमा सरकार बनाउने प्रयास

काठमाडौँ । जनता दल (युनाइटेड)का नेता नितिश कुमारले भारतीय जनता पार्टी (भाजपा)सँगको सत्ता साझेदारी त्यागेर मुख्यमन्त्रीबाट राजीनामा दिएसँगै सात दलको समर्थनमा बिहारमा अर्को सरकार बनाउने दाबी पेश गरेका छन् ।
आफूलाई समर्थन प्राप्त सात दलको महागठबन्धनमा स्वतन्त्रसहित एकसय ६४ जना विधायक रहेका पत्रकारलाई जानकारी दिँदै उनले राज्यपालसमक्ष मुख्यमन्त्रीको दाबी प्रस्तुत गर्न आएको बताए । उनका साथ आरजेडीका नेता तेजश्वी यादव रहेका थिए ।
जनता दल युनाइटेड र आरजेडीको साझेदारीले दुई सय ४३ सदस्यीय विधान सभामा बहुमत पुगेको छ । गठबन्धनलाई जितन माझीको एचएएमजस्ता साना दलले पनि समर्थन गरेका छन् । बिहार राज्य विधानसभामा भाजपाका ७७ जना विधायक छन् ।
नेता नितिश कुमारले आजै जनता दल युनाइटेडका नेता तथा विधायकहरूसँगको बैठकपछि भारतीय जनता पार्टीसँगको साझेदारी अन्त्य गरेका थिए । त्यसपछि उनले मुख्यमन्त्रीबाट राजीनामा दिएर राज्यपाल फागु चौहानसँग भेटका निम्ति समय मागेका थिए ।
आजै पूर्वमुख्यमन्त्री राबडी देवीको निवासमा आरजेडी नेतृत्वको विपक्षी गठबन्धनको बैठक भएको थियो । बैठकले तेजश्वी यादवलाई बिहारमा सरकार गठनबारे उपयुक्त निर्णय गर्न अख्तियारी दिएको थियो ।
















पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
स्वास्थ्य मन्त्रालयका जलेका गाडीको नाममा इन्धन दुरुपयोग : कारबाही गर्न मन्त्रीको निर्देशन
इरानको पछिल्लो प्रस्तावबाट खुशी छैनन् ट्रम्प
वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया