रियल मड्रिडलाई सुपर कप उपाधि
मेरोन्यूज
२०७९ साउन २६ गते ६:५५

काठमाडौं । आफ्नो करियरको ३२४औं गोल गर्दै करिम बेन्जेमाले युईएफए सुपर कपको उपाधी रियल मड्रिडलाई जिताएका छन् ।
बुधबार राति भएको खेलमा फ्रान्कफुर्टलाई २-० ले पराजित गर्दै रियलले सुपर कप उपाधी जितेको हो । रियलको जितमा डेभिड अलाबा र बेन्जेमाले दुबै हाफमा एक एक गोल गरे ।
बेन्जेमाको उत्कृष्ट प्रदर्शनमा यस अघि रियलले ला लिगा र युईएफए च्याम्पियन्स लिगको उपाधी जितेको थियो ।
बेन्जेमाले रियलका लागि ६१० खेलमा ३२४ गोल पुर्याएका छन् । उनी कृष्टियानो रोनाल्डो पछिका दोस्रो सर्वाधिक गोलकर्ता हुन् । ३४ वर्षीय बेन्जेमाले यस सिजन ४६ खेलमा ४४ गोल गरेका छन् ।
सम्बन्धित

















नाइजेरियामा बस–ट्रक ठोक्किँदा ११ जनाको मृत्यु, ७ जना घाइते
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी
प्रतिकूल मौसमले गोसाइँकुण्ड तीर्थयात्रा प्रभावित
बागलुङमा स्कूल बस दुर्घटना : २३ विद्यार्थी घाइते, ३ को अवस्था गम्भीर
इटालीसँग नेपालको लज्जास्पद हार
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
निर्वाचनमा शान्ति सुरक्षाको प्रबन्धबारे राष्ट्रपतिले लिए जानकारी
इटालीलाई नेपालले दियाे १२४ रनकाे लक्ष्य
प्रतिक्रिया