कोभिड भएको थियो उत्तर कोरियाली नेता किमलाई

एप्योङयाङ । उत्तर कोरियाका किम जोङ–अन कोभिड महामारीको समयमा ज्वरोबाट पीडित भएको उनकी बहिनी किम यो जोङले खुलासा गरेकी छिन् । उनको खुलासासँगै किमलाई कोभिड भएको पुष्टि भएको छ ।
उत्तर कोरियामा महामारी फैलनुमा जोङले दक्षिण कोरियालाई दोष दिएकी छिन् । दक्षिण कोरियाले सीमामा कोभिड संक्रमित पर्चाहरु पठाइदिएको उनले आरोप लगाइन् । तर, दक्षिण कोरियाले उक्त दाबीलाई निराधार बताएको छ ।
उत्तर कोरियाली नेता किम जोङ उनले देशले कोभिडमाथि विजयी घोषणा गरिरहेका बेला उनकी बहिनी जोङले आफ्ना दाजुलाई पनि ज्वरो आएको बताएकी हुन् ।
उत्तर कोरियाले महामारीको सुरुवाती दिनमा ज्वरोको महामारी फैलिएको बताएको थियो । प्रारम्भिक दिनमा उसले कुनै परीक्षण पनि गरेको थिएन् ।
उत्तर कोरियामा सुरुमा मे महिनामा महामारी फैलिएको थियो । त्यसलगत्तै संक्रमण र मृत्युका घटना बढेका थिए । तर, उत्तर कोरियाले कोभिडबाट सार्वजनिक गरेको मृत्यु र संक्रमणको तथ्यांकबारे चौतर्फी आशंका छ ।
















वीरगञ्ज नाका हुँदै तीन अर्बको विद्युतीय सवारीसाधन आयात
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
आजदेखि नयाँ शैक्षिकसत्र सुरु
यस्तो छ आज तरकारीको थोक मूल्य
अन्तराष्ट्रिय बजारमा लगातार सातौँ दिन तेलको मूल्य वृद्धि
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड
प्रतिक्रिया