बझाङमा एकै परिवारका तीन जनाको मृत्यु प्रकरणः मृतकका श्रीमान प्रहरी नियन्त्रणमा

काठमाडौं । बुधबार बिहान ६ बजे बझाङ जिल्लाको बङ्गुल नगरपालिका-९ को एकै परिवारका तिन जना मृत अवस्था फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार २२ वर्षीय गीता पार्की र उनका तीन वर्षीया छोरा भुपेन्द्र र पाँच वर्षीया छोरी झुन्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनामा उनकै श्रीमानलाई प्रहरीले अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ । बङ्गलु नगरपालिका ९ का वडाध्यक्ष हरिश बहादुर सिंहका अनुसार बिहीबार जिल्ला प्रहरी कार्यालय बझाङको टोलीले गीताका श्रीमान पुष्कर पार्कीलाई नियन्त्रणमा लिएको हो । मंगलबार राति पुष्कर भारतबाट घर आएका थिए । उनको भूमिका शंकास्पद देखिएपछि प्रहरीले नियन्त्रणका लिएको वडाध्यक्ष सिंहले मेरोन्यूजलाई बताए ।
मृत तिनै जनाको मुचुल्का उठाएपछि पोर्स्टमार्टमका लागि जिल्ला प्रहरीका कार्यालयले जिल्ला अस्पताल लगेको छ । ‘मृतक गीताको माइती पक्ष आएपछि प्रहरीले उनीहरुको पोर्स्टमार्टका लागि जिल्ला अस्पताल लगेको छ,’ वडाध्यक्ष सिंहले भने ।
वडाध्यक्ष सिंहका अनुसार बुधबार विहान घास काट्न गएका स्थानीयले तिनै जनालाई मृत अवस्थामा फेला पारेको हो । सोही समयमा स्थानीयले प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थियो ।
हिजो मात्रै मृतक गीताको श्रीमान भारतबाट घर आएको वडाध्यक्ष सिंहले बताए । उनले भने, ‘हिजो मात्रै गीताका श्रीमान पुष्कर पार्की भारतबाट घर आएको रहेछ, राति सुतेको अवस्थामा नै उनीहरु उठेर गएको देखिन्छ, राति नै उनको श्रीमानले सोधखोज गरेको स्थानीयबाट थाहा भयो ।’
श्रीमान विदेशबाट आएकै दिन गीता र छोराछोरीको मृत्यु कसरी भयो ?

दया दुदराज
<span style="color: #343f4a; font-family: Mukta, sans-serif; font-size: 18.4px; text-align: justify;">मेराेन्यूजकर्मी दुदराज सुरक्षा, प्रशासन र सामाजिक घटना सम्बन्धी विषयमा कलम चलाउँछन् ।</span>
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
तमिलनाडुका मुख्यमन्त्री बन्दै विजय थलापति !
प्रतिक्रिया