स्वावलम्बन लघुवित्तले नाफा बढाउँदा ईपीएस र नेटवर्थ कति छ ?

काठमाडौं । स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्म संस्थाले ७० करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो वर्षको भन्दा १३.०९ प्रतिशत धेरै हो । अघिल्लो वर्ष यसले ६१ करोड ९४ लाख रुपैयाँ नाफा कमाएको थियो ।
असार मसान्तसम्म आइपुग्दा कम्पनीको खुद ब्याज आम्दानी १४.९० प्रतिशतले बढेको छ ।
यता, सञ्चालन नाफा पनि १४.६१ प्रतिशतले बढेको छ । यसको सञ्चालन नाफा र खुद ब्याज आम्दानी बढ्नाले खुद नाफामा पनि सकारात्मक प्रभाव देखिएको हो । यसले १४ करोड ७१ लाख रुपैयाँ राइट ब्याक गरेको छ ।
यस लघुवित्तको निक्षेप संकलन र कर्जा लगानी दुवैमा सुधार भएको छ । स्वावलम्बनको चुक्ता पुँजी १ अर्ब १२ करोड २१ लाख ७० हजार रुपैयाँ रहेको छ ।
रिजर्भ २८.८९ प्रतिशतले बढेको छ । यसको रिजर्भ कोषमा २ अर्ब २५ करोड ४० लाख रुपैयाँ जम्मा भएको छ । कम्पनीको खराब कर्जा अनुपात ४।३८ प्रतिशतबाट घटेर २.९० प्रतिशत कायम भएको छ । यसको प्रतिसेयर आम्दानी ६२ रुपैयाँ ४३ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ भने ३०० रुपैयाँ ८७ पैसा रहेको छ ।














माघ ५ गते साेमबारको राशिफल,कस्ताे रहला तपाइकाे आजकाे दिन ?
काठमाडौँ उपत्यकाका नदी किनारको दायाँबायाँ २० मिटर छाड्न नपर्ने
चिलीमा डढेलोका कारण आपतकालको घोषणा, २० हजारलाई सुरक्षित स्थानमा सारियो
प्रलोपाबाट कैलाली १मा डा. जनकराज शाह उम्मेदवार
देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस विशेष महाधिवेशनबारे ओली : ‘सडकमा बहुमत पुर्याएँ भनेर हुन्छ ?’
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
एमालेले बोलायो केन्द्रीय सचिवालय बैठक
प्रतिक्रिया