कर्मचारी अभाव हुँदा सेवाग्राहीलाई सास्ती
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय तनहुँमा पर्याप्त कर्मचारी नहुँदा दैनिक सेवा लिन आउने सेवाग्राहीले सास्ती भोग्नु परेको छ । कर्मचारी थोरै भएकाले काम ढिलो हुँदा दैनिक कार्यालयको परिसरमा सेवाग्राहीको भीड लाग्ने गरेको छ ।
जिल्लाको शुक्लागण्डकी नगरपालिका ११ का रामु गुरुङले राहदानी फाराम भर्न झण्डै तीन घण्टा लाइनमा बस्नु परेको बताए । पछिल्लो समय कार्यालयमा राहदानीका लागि आउने सेवाग्राहीको सङ्ख्या बढी रहेको जिल्ला प्रशासन कार्यालय तनहुँले जनाएको छ ।
दैनिक सय जना क्षमताको लागि राहदानी फाराम खुल पनि अहिले दुई सय बढी सेवाग्राही आउन थालेपछि कर्मचारीलाई काम गर्न कठिन भएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेले बताए । बढी भीड हुने भएकाले टाढाबाट आएका सेवाग्राहीलाई बास बस्न नपरोस् भनेर कार्यालय समयपछि पनि सेवा दिन थालिएको उनले जानकारी दिए ।
एकै स्थानबाट सेवाग्राहीलाई सेवा दिन गाह्रो भएपछि जिल्लाको पूर्व र पश्चिम दुई स्थानमा इलाका प्रशासन कार्यालय थप गर्न गृह मन्त्रालयलाई पत्राचार गरिएको उनले बताए । मन्त्रालयबाट चालु आर्थिक वर्षभित्र एउटा इलाका प्रशासन कार्यालय थप गर्ने गरी प्रक्रिया अघि बढाइसकेको छ । उनले भने, “पश्चिम क्षेत्रमा यसै आवदेखि सेवा दिने गरी इलाका प्रशासन कार्यालय स्थापना गर्न मन्त्रालयले तदारुकता देखाएको छ ।”
दरबन्दीअनुसारको कर्मचारी नहुँदा सेवाग्राहीलाई सहजरुपमा सेवा प्रवाह गर्न नसकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । कर्मचारी नहुँदा झेल्नु परेको समस्याका विषयमा गृह मन्त्रालय र विभागमा जानकारी गराइएपछि चालु आर्थिक वर्षमा एउटा इलाका कार्यालय थप गर्ने कार्य अघि बढेको गैरेले जानकारी दिए ।
पहिलेको जनसङ्ख्याअनुसार दरबन्दी कायम भएपनि अहिले जनसङ्ख्या बढेर दोब्बर हुँदा पुरानै दरबन्दीका कर्मचारीले सेवा दिन कठिनाई भएको उनले स्वीकार गरे । अहिले प्रायःकाम कम्प्युटरमार्फत हुने भए पनि अपरेटरको दरबन्दी रिक्त भएपछि करारमा कर्मचारी नियुक्त गरी कामकाज गर्नु परेको उनले बताए ।
जिल्ला प्र्रशासन कार्यालयमा नागरिकता, राहदानी बनाउन, सङ्घ सस्था दर्ता, नविकरण, पेन्सनसम्बन्धी, दलित जनजाति प्रमाणित, नागरिकताको प्रतिलिपि जस्ता कामका लागि दैनिक तीन सयभन्दा धेरै सेवाग्राही आउने गरेका छन् ।
















अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
नक्कली शैक्षिक प्रमाणपत्र बनाई ठगी गर्ने गिरोह पक्राउ
प्रत्यक्षतर्फ ११ जिल्लाको मतपत्र छपाइ सकियाे
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
प्रतिक्रिया