८ वर्षदखि बन्द रहेको माली मिसनमा सशस्त्र प्रहरी खटाउने तयारी

काठमाडौं । विगत ८ वर्ष यता बन्द रहेको माली मिसनमा सशस्त्र प्रहरी बलको टोली खटाउने तयारी थालेको छ । संयुक्त राष्ट्रसंघको आह्वानमा अफ्रिकी मुलुक मालीमा शान्ति स्थापनाका लागि सशस्त्र प्रहरी बलको टोलीलाई खटाउने तयारी भइरहेको हो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) विदुर खड्काका अनुसार सन् २०२३ को जनवरीमा नै फौज कार्यक्षेत्रमा खटाउने गरी सशस्त्रले तयारी अघि बढाएको हो । ८ वर्ष अगाडि सशस्त्रको लाइबेरिया मिसन बन्द भएको थियो । शान्ति मिसनमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको तैनाथी घटिरहेको परिस्थितिमा सशस्त्र प्रहरीले मालीमा ‘फम्र्ड पुलिस युनिट’ (एफपीयू) खटाउने भएको हो । सशस्त्र प्रहरीको अहिले एफपीयू साउथ सुडानमा खटिरहेको छ ।
मालीमा नेपाली सेनाको इन्जिनियरिङ बटालियनसमेत तैनाथ छ । मालीमा फौज खटाउनको लागि तयारी अवस्थामा रहन राष्ट्रसंघले सशस्त्र प्रहरी मुख्यालयलाई पत्रसमेत पठाइसकेको डीआईजी खड्काले बताए ।
सशस्त्रको एफपीयू मालीको सुरक्षाका दृष्टिकोणले जोखिमपूर्ण किदाल क्षेत्रमा खटाउने तयारी छ । यूएन मिसनमा सशस्त्र प्रहरीको सहभागिता बढाउन लामो समयदेखि नेतृत्वले लविङ गरिरहेको थियो । माली मिसनमा १४० जनाको एफपीयू खटाउने तयारी भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।
















निर्वाचन आयोगले सार्वजनिक गर्याे उम्मेदवारको वैयक्तिक विवरण
स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँः संयोजक दाहाल
वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.५५ प्रतिशत
पूजाको अर्धशतकमा नेपालले जिम्बाबेलाई हरायो,सुपर- ६ मा पुग्ने सम्भावना
दुई हजार एक सय जना एमालेमा प्रवेश
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
महिला विश्वकप ग्लोबल छनोट : नेपालकाे लगातार दोस्रो हार
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
यस वर्षको एसईई परीक्षा चैत १९ गतेदेखि
प्रतिक्रिया