एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
मेरोन्यूज
२०७९ साउन ३० गते १२:३१

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१ र एनएमबि फिफ्टीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
दुवै फण्डले आर्थिक वर्ष २०७८/७९ को लागि योजनाको इकाईधनीहरुलाई क्रमशः २१.०५२६३ प्रतिशत लाभांश घोषणा गरेको छ । योजनाको लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात मिति २०७९ श्रावण ३१ गते बुक क्लोज गरिदैछ । यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम इकाईधनीहरुले मात्र लाभांशको लागि हकदार हुनेछन् ।
साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना “एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड-२” २०७९ श्रावण २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको निष्काशन छिट्टोमा श्रावण ३१ गतेसम्म आवेदन दिन सकिनेछ भने ढिलोमा भाद्र ९ गतेसम्म आवेदन दिन सकिनेछ ।
सम्बन्धित















Motorcyclist dies in road accident
ट्रम्पको दाबी खण्डन गर्दै इरानले भन्यो : हाम्रा नयाँ सर्वोच्च नेता घाइते भएका छैनन्
फागुनमा पाथीभरामा ३१ लाखभन्दा बढी भेटी सङ्कलन
डढेलो व्यवस्थापन सप्ताह आजदेखि सुरु
इनिशाको पोस्टमार्टम रिपोर्ट : बलात्कारपछि अत्यधिक रक्तस्राव हुँदा मृत्यु
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इनिसा विक हत्या प्रकरण: थप अनुसन्धान सीआईबीले गर्ने
प्रतिक्रिया