नेपालमै बनेको निर्वाचनमा प्रयोग हुने अत्याधुनिक विद्युतीय मतदान यन्त्र सार्वजनिक

काठमाडौँ । राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनका लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । आज सार्वजनिक गरिएको यन्त्र राम लक्ष्मण दाजुभाइको पाँचौ संस्करण हो । आज रिपोर्टस क्लब नेपालमा पत्रकार सम्मेलन गरेर इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो ।
वर्षौंदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाइ रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनको उद्घाटन बुवा ईश्वरीप्रसाद र आमा गंगा रिमालले संयुक्त रुपमा गरेका हुन् । करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म एक सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए ।
यद्यपि, निर्वाचन आयोगले मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे । उनले भने, ‘मेसिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले कुनै पनि इनपुटहरु दिएको छैन, आयोगले हामीलाई वास्ता नगरेको हो झैं लागिरहेको छ, यो प्रस्ताव लिएर जाँदा आयोगले पार्टीहरुसँग सल्लाह गर्न सुझाव दिएअनुसार हामी पार्टीहरुमा कुरा राख्न गर्यौं ।’
आयोगले आफूहरुको मेशिनबारे केही अपुग भएको वा मिलाउनु पर्ने केही भए मिलाउ भनेमा त्यो गर्न पनि आफूहरु तयार रहेको उनको भनाइ छ । तर, यति गर्दा पनि आयोग मौन रहेको उनको दुःखेसो थियो ।
उनले १२ वर्ष मेहेनत गरेर निर्माण गरेको मेसिनको प्रयोग गर्न सरकारसमक्ष माग गरे । उनले भने, ‘सरकारले कि त हाम्रो मेशिनमा खोट देखाइदिनु पर्यो कि त नमुना प्रयोगसम्म गरिदिनु पर्यो, यो काम देशका लागि गर्ने हो भने हामी पनि व्यवसाय हेर्दैनौं, देशको लागि हाम्रो १२ वर्षे मेहनत कुनै रोयल्टीबिना निःशुल्क सरकारलाई दिन हामी तयार छौं ।’















छोरीसँगै किमजोङ द्वारा रकेट प्रहार अभ्यास अवलोकन
लागुऔषधसहित विभिन्न स्थानबाट १४ जना पक्राउ
सूर्यविनायकमा ‘स्वास्थ्य र बुढ्यौलीका लागि सहारा परियोजना’ सुरु
पितृशोकमा रहेका ओलीलाई भेट्न गुण्डु पुगिन् प्रधानमन्त्री कार्की
मध्यपूर्व टकरावले तेल आपूर्ति सङ्कट र अन्तर्राष्ट्रिय तनाव बढाउँदै
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया