अस्ट्रेलियावासीको दशैं तिहार संगीतमय हुने

काठमाडौं । अस्ट्रेलियावासीको यस पटकको दशै तिहार संगीतमय हुने भएको छ । नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल आडल ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन ।
उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, नियुक्यासललगायतका ठाउँमा आयोजना हुनेछ ।
अस्ट्रेलियामा केही वर्षपछि आफ्नो सांगितिक प्रस्तुति दिन लागेकोमो आफू उत्साहित भएको गायक नवीन के भट्टराईले बताए ।
त्यस्तै, अर्का गायक सुगमले पनि यो वर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गरे । साथै, उनले आफ्ना नया तथा पुराना गीत सुनाउने बताए। त्यस्तै, आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा अग्रजसँग गर्न पाउँदा भाग्यमानी भएको र कार्यक्रमको लागि उत्साही भएको बताए । कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम सातासम्म हुनेछ ।










खेलाडीको वृत्तिविकासका लागि एनपिएल महत्वपूर्णः कप्तान पौडेल
कोप-३० सम्मेलन आयोजना स्थलमा आगलागी, १३ जना घाइते
छिम्केश्वरी उद्यान आन्तरिक पर्यटकको रोजाइमा
फलफूल तथा तरकारीकाे मूल्य निर्धारण : आज गोलभेँडा प्रतिकिलो रु १३०,पालुङ्गो साग प्रतिकेजी रु २५०
प्रकृति र संस्कृतिको सङ्गम तीनचुले
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
गगन थापाले भने– न झुक्छौं, न झुकिन्छौं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया