अस्ट्रेलियावासीको दशैं तिहार संगीतमय हुने

काठमाडौं । अस्ट्रेलियावासीको यस पटकको दशै तिहार संगीतमय हुने भएको छ । नेपाली पप क्षेत्रका चर्चित गायक नवीन के भट्टराई तथा सुगम पोखरेलसँगै नेपाल आडल ४ का प्रतियोगी आदेश पौडेलले यो बर्षको दशै तिहारमा अस्ट्रेलियाका विभिन्न ठाँउमा आफ्नो सांगितिक प्रस्तुति दिने भएका छन ।
उक्त कार्यक्रम अस्ट्रेलियाको डार्विन, एड्लेड, क्यान्बेरा, पर्थ, मेल्बर्न, सिडनी, लाउन्सेटन, बृस्बेन, गोलकोस्ट, नियुक्यासललगायतका ठाउँमा आयोजना हुनेछ ।
अस्ट्रेलियामा केही वर्षपछि आफ्नो सांगितिक प्रस्तुति दिन लागेकोमो आफू उत्साहित भएको गायक नवीन के भट्टराईले बताए ।
त्यस्तै, अर्का गायक सुगमले पनि यो वर्षको ठूलो चाड संगीतमय हुनेमा आशा ब्यक्त गरे । साथै, उनले आफ्ना नया तथा पुराना गीत सुनाउने बताए। त्यस्तै, आदेशले पनि आफ्नो पहिलो सांगितिक यात्रा अग्रजसँग गर्न पाउँदा भाग्यमानी भएको र कार्यक्रमको लागि उत्साही भएको बताए । कार्यक्रम सेप्टेम्बर २३ देखि अक्टोबरको अन्तिम सातासम्म हुनेछ ।
















‘टेलिकम प्याकेज’ सकिएपछि पनि सेवा निरन्तरतासम्बन्धी सुविधा ग्राहक आफैँले छनोट गर्नसक्ने
Chair Oli and leader Lekhak freed
Gold and silver prices decrease
मध्यपूर्व युद्धः तनाव, वार्ता र अनिश्चितता
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया