‘पुरुष चाहिँदैन’ भन्दै आफैँसँग विवाह गरिन् अभिनेत्री कनिष्काले

काठमाडौं । सामान्यतया विवाह भन्ने वित्तिकै पुरुष र महिलाको जोडी भन्ने बुझिन्छ । तर पछिल्ला दिनमा केही यस्ता युवती पनि देखिएका छन्, जसले विवाहका लागि पुरुष आवश्यकता नै नपर्नऐ भन्दै आफैसँग विवाह गर्ने क्रम पनि देखिएको छ ।
यस्तै भएको छ एक जना अभिनेत्रीको । ‘दीया र बाती हम’ की टिभि अभिनेत्री कनिष्का सोनीले आफैँसँग विवाह गरेकी छिन् । आजकालको आधुनिक समाजमा महिलाहरु एक्लै जीवनयापन गर्न रुचाइरहेका छन् । यसैको एक उदाहरण हुन् उनी ।
कनिष्का सोनीले हालै आफ्नो विशेष फोटो सेयर गरेकी छिन् । जसमा उनले सिउँदोमा सिन्दुर र घाँटीमा मंगलसूत्र लगाइरहेको देख्न सकिन्छ । उनले उक्त फोटो सेयर गर्दै क्याप्सनमा आफूले आफैँसँग विवाह गरेको पनि जानकारी दिएकी छिन् ।
उनले लेखेकी छिन्,- ‘मैले आफैँसँग विवाह गरेकी छु । मैले आफ्नो सारा सपना आफैँले पूरा गरेकी हुँ र जो व्यक्तिसँग म प्रेममा छु, त्यो म नै हुँ । मलाई कोही पुरुष चाहिँदैन । म आफ्नो गितारसँग सधैँ एक्लै र एकान्तमा खुसी छु । म देवी हुँ, म बलियो र शक्तिशाली छु । शिव र शक्ति सबै मभित्र नै छ । धन्यवाद ।’
कनिष्का सोनी ‘दीया औस बाती हम’, ‘पवित्र रिश्ता’ र ‘देवी आदि पराशक्ति’ जस्ता थुप्रै हिट टिभी शोजकी हिस्सा हुन् ।









जेनजी आन्दोलनका घाइते तथा सहिदका परिवारका मागभन्दा सरकार दायाँबायाँ जाँदैन : प्रधानमन्त्री
समग्र विकासका लागि एआई अपरिहार्य : सञ्चारमन्त्री खरेल
एनपीएलमा सुदूरपश्चिमकाे लगातार दोस्रो जित
कास्कीमा जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधि गर्ने ५३ जनामाथि मुद्दा
धुर्मुसले किन पाउन सकेनन् रङ्गशालाको भुक्तानी ? भरतपुर महानगर यसाे भन्छ
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
आज २०८२ साल मंसिर ४ गते बिहीबारको राशिफल
दोस्रो संस्करणको एनपीएल : आज काठमाण्डु र सुदूरपश्चिम भिड्दै
यी हुन् मन्त्रिपरिषद्का २५ निर्णय
प्रतिक्रिया