कर्मचारी चार ,कार्यक्षेत्र पाँच जिल्ला !

दमौली । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तनहुँको कार्यक्षेत्र पाँच जिल्ला हो । कार्यालयलाई तनहुँसहित लमजुङ, गोरखा, मनाङ र नवलपुरको खाद्य/दाना बजार तथा उद्योग अनुगमन, नमूना सङ्कलन मुद्दाको अनुसन्धानको जिम्मेवारी छ ।
व्यास नगरपालिका–३ शान्तिनगरस्थित भाडाको घरमा कार्यालय सञ्चालनमा छ । पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी सङ्ख्या भने जम्मा चार जना मात्रै छ । कार्यालयका एक खाद्य अनुसन्धान अधिकृत, दुई प्राविधिक सहायक र एक जना कार्यालय सहयोगी कार्यरत छन् ।
पाँच जिल्ला कार्यक्षेत्र भएको कार्यालयमा कर्मचारी कम हुँदा बजार अनुगमनलगायतका काममा समस्या हुँदै आएको खाद्य अनुसन्धान अधिकृत प्रशान्त पोख्रेलले जानकारी दिए । कर्मचारी अभावकै बीचमा पनि कार्यालयले बजार अनुगमनलाई निरन्तरता दिइरहेको उनले बताए । ‘कर्मचारी अभावले बजार अनुगमनमा असर पुगिरहेको छ’, उनले भने,- ‘भइरहेकै कर्मचारीबाट बजार अनुगमन, नमूना सङ्कलन, मुद्दाको अनुसन्धानको काम भइरहेको छ ।’
कृषि तथा पशुपक्षी विकास मन्त्रालय मातहतको कार्यालयले खाद्य ऐन तथा दाना ऐन कार्यान्वयनमार्फत खाद्य शृङ्खलामा खाद्य स्वच्छता कायम गरी सर्वसाधारणको जनताको सुख सुविधा कायम गर्ने उद्देश्य राखिएको छ । विसं २०७५ कात्तिक १५ गते जिल्लामा डिभिजन कार्यालय स्थापना भएको थियो ।
कार्यालयले आर्थिक वर्ष २०७८/७९ को अवधिमा एक सय ७७ खाद्य ऐन बमोजिमका नमूना, ५९ वटा सर्भिलेन्सका लागि खाद्य नमूना र दाना ऐनबमोजिमका १३ वटा दाना पदार्थको नमूना सङ्कलन गरेको थियो ।
कार्यालयले सोही अवधिमा एक सय २० वटा खाद्य उद्योगको निरीक्षण, २८ पटक अन्य निकायसँग संयुक्तरुपमा बजार अनुगमन, पाँच पटक हाटबजार मेला अनुगमन गरेको पोख्रेलले जानकारी दिए ।
त्यस्तै एक सय ९० भन्दाबढी खाद्य पलस र एक सय १९ वटा विभिन्नस्तरका होटल, रेस्टुराँ, मिठाइ पसल, भोजनालय निरीक्षण गरिएको छ । अनुगमनका क्रममा २४ पसलमा देखिएका रु ४३ हजार पर्ने म्याद गुज्रिएका खाद्यवस्तु नष्ट गरिएको थियो । चार पटक चार ठाउँमा खाद्य उद्योगीसँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी गोष्ठी गरिएको कार्यालयले जनाएको छ ।
दुई पटक स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालासँग खाद्य स्वच्छता र गुणस्तरसम्बन्धी अन्तक्र्रिया र दुई पटक सडक छेउछाउ बिक्री हुने खाद्य पदार्थको स्वच्छता अभिवृद्धि गर्ने कार्यक्रम गरिएको जनाइएको छ ।
कार्यालयले सोही अवधिमा अनुज्ञापत्र जारी/नवीकरण र विश्लेषण शुल्कबापत रु एक लाख ५४ हजार नौ सय राजस्व सङ्कलन गरेको छ । खाद्य मुद्दा सम्बन्धमा सात वटा मुद्दा दायर भएकामा चार वटा मुद्दाको प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी सम्बन्धित निकायमा सक्कल मिसिल पठाइएको पोख्रेलले बताए ।
त्यस्तै एक सय ७७ खाद्य नमूनामध्ये १६ वटा नमूना खाद्य ऐनको प्रतिकूल रहेको पाइएको छ भने १३ मध्ये दुई दाना पदार्थको नमूना ऐनविपरीत रहेको पाइएको छ ।
कार्यालयले उक्त अवधिमा दूध तथा दूध पदार्थका छ, तेल तथा घिउजन्यका ३३, फल तथा सागपातका २६, मसलाका १४, चिया कफीका १४, नूनका दुई, खाद्यान्न, दलहन र सोबाट बनेका खाद्यका ४४, प्रशोधित पिउने पानीको १०, गुलियो पदार्थका १२, कन्फेक्सनरीका एक, मासु तथा मासुजन्यका एक, दानाका १३ र अन्य १३ नमूना सङ्कलन गरेको थियो ।
कार्यालयले चाडपर्वका बेलामात्र नभई अन्य समयमा पनि नियमितरुपमा बजार अनुगमन गर्दै आएको पोख्रेलले बताए । “अनुगमनका क्रममा कार्यालयले खाद्यान्नका केही नमूना पनि सङ्कलन गर्छौं, सङ्कलित नमूना परीक्षणका लागि भैरहवा पठाउने गरेका हौँ”, उनले भने ।
















प्रतिनिधिसभा निर्वाचनः कञ्चनपुरमा ४८ जना नयाँ उम्मेदवार चुनावी मैदानमा
कांग्रेसमा अब कुनै गुट छैनः प्रदेश सभापति शर्मा
ICC T20 World Cup Global Qualifiers: Ireland trounces Thailand
441 polling stations in Karnali Province are highly sensitive
इरानद्वारा इयु सेनालाई आतङ्कवादी घोषणा
मध्यरातमा यसरी लुटपाट मच्चाउथ्यो विनय तामाङको समूहले
पाँच वर्षमा ठोस रूपमा उपलब्धि हासिल गर्नसक्ने गरी घोषणा पत्र ल्याउँछौँः अध्यक्ष ओली
अमेरिकासँगको बढ्दो तनावबीच एकहजार लडाकु ड्रोन तैनाथ गरेको इरानको दावी
निर्वाचन सुरक्षाका लागि कुकुरसहितको संयुक्त गस्ती सुरु
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
प्रतिक्रिया