नारीलाई सुविधा दिन एनएमबि बैंकको ‘स्मार्ट नारी बचत खाता’

काठमाडौँ । एनएमबि बैंकले देश तथा विदेशमा बस्ने नेपाली महिला वर्गलाई लक्षित गरी आकर्षक बचत योजना ‘एनएमबि स्मार्ट नारी बचत खाता’ प्रस्तुत गरेको छ ।
महिलाहरूलाई बचततर्फ प्रोत्साहित गर्ने र डिजिटल कारोबारमा सक्रिय बनाउन प्रयास स्वरुप योजनाअन्तर्गत ग्राहकले स्वास्थ्य जाँचमा गरिने डिजिटल भुक्तानीमा वार्षिक पाँच हजारसम्म क्यासब्याक पाउन सक्ने छन् । यस्तै, ग्राहकले निःशुल्क डेबिट कार्ड, क्रेडिट कार्ड, डलर कार्ड, मेरो शेयर, डिम्याट लगायतका सुविधाहरूको फाइदा लिन सक्ने छन् ।
यस योजनाअन्तर्गत ग्राहकले रिटेल कर्जा र महिला उद्यमशील कर्जामा कर्जा प्रशाशनिक शुल्कमा ०.२५ प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्ने छन् । यो बैंक दि फिनान्सियल टाइम्स, लण्डनको ‘द ब्यान्कर’ पत्रिकाद्वारा एसियाकै सर्वोत्कृष्ट बैंकको उपाधि ‘बैंक अफ दि इयर एसिया २०२१’ उपाधिबाट सम्मानित भएको बैंक हो ।
बैंकले हाल देशभर २०१ शाखाहरू, १३८ एटिएमहरू र ११ एक्सटेन्सन काउन्टरहरूमार्फत उच्च स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।














शिक्षामन्त्री पुनले दिए राजीनामा
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
प्रतिक्रिया