विवादमा उत्रिएका प्रशिक्षक टुचेल र कोन्टेलाई कारबाही

काठमाडौं । लन्डन डर्बी खेलमा विवादमा उत्रिएका चेल्सीका प्रशिक्षक थोमस टुचेलमाथि एफएले एक खेलको प्रतिबन्ध लगाएको छ भने टोटनहमका प्रशिक्षक कोन्टेमाथि जरिवाना तोकेको छ । आइतबार घरेलु मैदान स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा जितको संघारमा पुगेर पनि अंक बाँड्नु पर्दा टुचेल निराश बनेका थिए । खेल लगत्तै टुचेल र कोन्टेबीच विवाद भएको थियो । दुवै एक अर्कोप्रति आक्रामक देखिएका थिए ।
दुवै प्रशिक्षकलाई रेफ्री एनथोनी टेलरले रातो कार्डको दर्शन गराएका थिए । सो घटनाको अध्ययनपछि एफएले टुचेलमाथि एक खेल र ३५ हजार पाउन्ड तथा कोन्टेमाथि १५ हजार पाउन्डको जरिवाना तोकेको हो ।
टुचेलको प्रतिबन्ध तत्काल भने लागु हुनेछैन । उनले एफएको निर्णयविरुद्ध अपिल गर्न पाउने भएकाले त्यसपछि आउने लिखित निर्णयपछि मात्र प्रतिबन्ध लागु हुनेछ । चेल्सीले आइतबार लिड्सको भ्रमण गर्दा टोटनहमले उल्भ्सको सामना गर्नेछ ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया