हुण्डाई नेपालको ‘बी द(भी) चेञ्ज’ अभियानमार्फत वृक्षरोपन सम्पन्न

काठमाडौँ । हुण्डाई नेपालले ‘बी द(भी) चेञ्ज’ अभियानअन्तर्गत रातोमाटे डाँडा, चुनिखेलमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । रातोमाटे डाँडा सामुदायिक वनको समन्वयमा दुई सयभन्दा बढी बिरुवा रोपिएको उक्त कार्यक्रममा ईभीका १५० जनाको सहभागीता रहेको थियो ।
हुण्डाई नेपालको ‘बी द(भी) चेञ्ज’ हुण्डाई मोटर कम्पनीको पर्यावरण मैत्री प्रतिबद्धतामा ऐक्यबद्धता गर्ने पहल स्वरूप ल्याइएको हो । बी (भी) अर्थात् ब्याट्री इलेक्ट्रिक भेहिकल कार्बन न्युट्रालिटीको पर्याय बनेको आजको समयमा बी (भी)ले हरेकलाई व्यक्तिगत र सामुदायिक स्तरमा दिगोपनका अभ्यास अवलम्बन गर्न प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।
‘बी द(भी) चेञ्ज’ अभियानअन्तर्गत गरिएको प्रारम्भिक चरणका कार्यक्रममध्ये एक वृक्षरोपणले साधारण सवारी साधनहरूको कार्बन उत्सर्जन र तिनका प्रभावलाई कम गर्ने आसा राखिएको छ । त्यस्तै आगामी दिनमा पनि कम्पनीले ‘बी द(भी) चेञ्ज’ अन्तर्गत पर्यावरण दिगोपनसम्बन्धी अन्य कार्यक्रम आयोजना गरी पर्यावरण मैत्री व्यवहार अवलम्बन गर्न प्रोत्साहन गर्ने धेय राखेको छ ।
गएको वर्ष सेप्टेम्बरमा हुण्डाई मोटर कम्पनीले सन् २०५० को ग्लोबल कार्बन न्युट्रल लक्ष्यभन्दा पाँच वर्षअगाडि सन् २०४५ सम्ममा आफ्नो उत्पादन र सञ्चालनका सबै चरणहरूमा कार्बन न्युट्रालिटी कायम गर्ने लक्ष्य सार्वजनिक गरेको थियो । कम्पनीले कार्बन न्युट्रालिटीतर्फको यात्रामा सन् २०२५ सम्ममा २३ वटा पर्यावरण मैत्री लाइनअप ल्याएर १० लाखभन्दा बढी विद्युतीय सवारी साधन तयार गर्ने योजना बनाएको छ ।
हुण्डाई मोटर कम्पनीले आफ्नो यही मिसनलाई अगाडि बढाउने हेतुले यही अप्रिलमा ‘बी द(भी) चेञ्ज’ नामक विश्वव्यापी अभियान सुरु गरेको थियो । यस अभियानले फुटबलको विश्वव्यापी आकर्षणमार्फत फुटबल प्रेमीहरू र अन्यलाई पनि दिगोपनको अभ्यासमा एकताबद्ध गर्ने लक्ष्य राखेको छ ।














शिक्षामन्त्री पुनले दिए राजीनामा
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
आइसिसी महिला टी-२० विश्वकप छनोट: आज पहिलो खेलमा थाइल्याण्डसँग भिड्दै नेपाल
प्रतिक्रिया