सोमबार, माघ ५, २०८२

बुटवलदेखि पाल्पासम्म एनओजी राइड सम्पन्न

मेरोन्यूज २०७९ भदौ ५ गते १८:२१

काठमाडौँ । टिभिएस मोटर कम्पनीको नेपालको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले बुटवलदेखि पाल्पासम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

Advertisement
thakur moters insidethakur moters inside

आइतबार आयोजना भएको यस राइड बुटवलबाट शुरु भएर पाल्पाको रैनादेवीस्थित झरना रिसोर्टसम्म पुगेर समापन भएको थियो । उक्त राइडमा सहभागीबीच विभिन्न गेम खेलाइएको थियो ।

साथै सहभागी सम्पूर्ण राइडरलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै आकर्षक उपहार हस्तान्तर गरिएको थियो ।

करिब ३० जना राइडरहरु सहभागी भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ ।

उक्त राइडमा प्राविधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनु पर्ने नियम र सुरक्षाको जानकारी प्रदान गरिएको थियो ।

प्रतिक्रिया