आइतबार, पुष १३, २०८२

नेपाली नर्स बेलायतमा काम गर्न जान पाउने, दुई देशबीच सम्झौता

मेरोन्यूज २०७९ भदौ ६ गते १६:०६

काठमाडौँ । नेपाल र बेलायत सरकारबीच नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी दिने विषयमा द्विपक्षीय सम्झौता भएको छ ।

सोमबार भएको सम्झौता पत्रमा नेपालका तर्फबाट श्रम सचिव एकनारायण अर्याल र बेलायत सरकारका तर्फबाट नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले हस्ताक्षर गरेका छन् ।

बेलायतको स्वास्थ्य क्षेत्रमा नेपाली नर्सलाई रोजगारी दिने सम्बन्धी कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको उपस्थिति थियो ।

समझदारी पत्रमा भएको हस्ताक्षरसँगै नेपाली नर्सहरू विधिवत रुपमा बेलायतको स्वास्थ्य क्षेत्रमा काम गर्न जान पाउने भएका छन् । बेलायतको स्वास्थ्य सेवामा कार्यरत रहँदा नेपाली स्वास्थ्यकर्मीको सेवा सुविधा र अधिकार बेलायती स्वास्थ्यकर्मी सरह हुने व्यवस्था मिलाइएको छ ।

प्रतिक्रिया