सोमबार, माघ ५, २०८२

देउराली सहकारीले भन्यो- ५ लाखमाथिको बचत रकम तत्काल फिर्ता गर्न सकिदैन

मेरोन्यूज २०७९ भदौ ७ गते १३:२२


काठमाण्डौ । देउराली बहुउद्देश्यीय सहकारीले ५ लाखमाथिको बचत रकम तत्काल फिर्ता गर्न नसकिने बताएको छ । सहकरीका अध्यक्ष रवीन्द्र चौलागाईंले पत्रकार सम्मेलन नै गरेर संस्थामा सबै शीर्षकमा रहेको बचत रकमलाई दुई भागमा विभाजन गरेर फिर्ता गर्ने योजना सुनाएका छन् । संस्थाको सदस्यहरुको भेला सोमबार ललितपुर पार्टी प्यालेसमा गरिएको थियो । सो अवसरमा अध्यक्ष चौलागाँइले सदस्यहरुका प्रश्न तथा गुनासाहरुको जवाफ दिएका थिए । उनले कसैले पनि आत्तिनु नपर्ने र सबैको निक्षेप साँवा ब्याज सहित फिर्ता हुने बताएका छन् । त्यसका लागि सबैले धर्यता राख्नुपर्ने र संकटपूर्ण राष्टिय आर्थिक अवस्थाको परिस्थीतिलाई बुझनु पर्ने बताए ।
उनले निक्षेप फिर्ता लिन गर्न चाहनेहरुका लागि दुइ चरणमा दुइवटा विकल्प दिएर साँवा ब्याज सहित फिर्ता गर्ने बताएका छन् । अन्य सहकारीहरुमा देखिएका समस्या एवं विकृतिले बजारलाई त्रसित बनाएको कारण पनि निक्षेपकर्ताहरु आत्तिएको भन्दै उनले देउराली बहुउदेश्यीय सहकारी संस्था भने डुब्ने नै गरी कुनै समस्या नभएको बताएका छन् । विगत केहि महिना यता संस्थामा तरलताजन्य समस्या आएको भएपनि त्यसको विस्तारै हल हुँदै जाने उनले ठोकुवा गरे ।
५ लाख सम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाख भन्दामाथीका लागि ठुलो बचतकर्ताको रुपमा विभाजन गरेर बचत फिर्ता गर्ने योजना पस्केका छन् । उनले भने, ‘५ लाखसम्मको बचत रकमलाई साना बचतकर्ता र ५ लाखमाथिकालाई ठूला बचतकर्ताको रुपमा विभाजन गरेर रकम फिर्ता गर्ने योजना छ । संस्थाको रकम दुरुपयोग भएको नभई लगानी गरेका ठाउँहरुबाट रकम नउठेको कारण समस्या देखिएको हो ।’

Advertisement
thakur moters insidethakur moters inside

संस्थाको रकम दुरुपयोग भएको नभइ लगानी गरेका ठाउँहरुबाट रकम उठती नभएको कारण समस्या देखिएको चौलागाँइले बताएका छन् । पहिलो ५ लाखसम्मका साना बचतकर्ताहरुलाई तत्कालै संस्थाको ३ ओटै काउन्टरबाट क्रमिक भुक्तानि गर्दै जाने र ५ लाख भन्दा बढी बचत रकम भएकाहरुलाई २ बर्ष भित्र सम्पुर्ण रकम फिर्ता गरिने अध्यक्ष चौलागाँइले बताए । ाकोभिडका कारण संस्थाद्धारा प्रवाह गरिएका कर्जा रकम नउठेको भएपनि विस्तारै उठ्दै गएपछी संस्था लयमा फर्किने उनले बताए । उनले संस्थाले आर्थिक मन्दीसँग जुधेर आफना सबै लक्ष्य उदेश्य हासिल गर्ने ठोकुवा गरे ।
करिव २० हजार सदस्यहरु रहेको देउराली बहुउदेश्यीय सहकारीले निक्षेपकर्ताहरुबाट ३ अर्ब बचत संकलन गरेको छ । हाल संस्था निक्षेपकर्ताहरुको ६५ करोड रकम फिर्ता गर्नुपर्ने अवस्थामा छ । संस्थाले प्रवाह गरेको कर्जा समयमा नै नउठेको र कोभिड लगायत देशमा प्रकट भएको आर्थिक मन्दीका कारण समस्या सिर्जेको अध्यक्ष चौलागाँइले बताएका छन् । ललितपुरको सातदोबाटोमा केन्द्रिय कार्यालय रहेको सहकारीको भक्तपुर र न्युरोड समेतमा गरि ३ वटा काउन्टर छन् ।

प्रतिक्रिया