तीजलाई लक्षित गर्दै सिटिजन्स बैंकद्वारा लकर सेवामा विशेष छुट

काठमाडौँ । सर्वसुलभ र सुरक्षित बैंकिंङ्ग सेवा पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले महिलाहरुलाई लक्षित गर्दै तीजको अवसरमा लकर सेवा शूल्कमा आकर्षक छुटहरूको योजना सार्वजनिक गरेको छ ।
यस योजनाअन्र्तगत बैंकले भाद्र महिनाभरि लकर शूल्कमा ७० प्रतिशत र लकर कि डिपोजिटमा ५० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । यस्ता छुटहरूको सुविधा ग्राहकले सिटिजन्स बैंकको लकर सेवा उपलब्ध हुने जुन कुनै शाखाहरुबाट प्राप्त गर्न सक्ने छन् ।
यस सुविधाबापत आदरणीय ग्राहकले आफ्ना गर गहना, रत्न, वित्तीय वा कानुनी कागजात, महत्वपूर्ण प्रमाण पत्रहरु सुरक्षित तवरले बैंकको लकरमा राख्न सक्ने छन् । यसका साथै ग्राहकको सहजताका लागि बैंकले निस्शुल्क डेबिट कार्ड, मोबाइल बैंकिङ्ग, र इन्टरनेट बैंकिङ्ग जस्ता सेवाहरू प्रदान गर्दै आइरहेको छ ।
बैंकले हाल देशभरबाट १८० वटा शाखा, १३२ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाईबाट सेवा दिँदै आएको छ ।














कांग्रेसले कैलालीका ५ क्षेत्रमा टुंग्यायाे उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
कुलमान घिसिङ काठमाडौं- ३ बाट उम्मेदवार बन्ने
सिरहामा ५३१ मतदान केन्द्र कायम, चार लाख ५३ हजार मतदाता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
नेपाली अलराउन्डर क्रिकेट खेलाडी गुलशन झालाई एस जिको एकवर्षे प्रायोजन
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया