टाटा मोटर्सको दशैँमा द-सही अफर

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि.ले यस वर्षको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैँमा द–सही अफर’ल्याएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरुले टाटा मोटर्सका कुनै पनि कमर्सियल गाडी (ट्रक, बस, टिपर, मिनी ट्रक, मिनी टिपर, एस, योद्धा, विङ्गर, म्याजिक वा इन्ट्रा) खरिद गर्दा टिभी, फ्रिज, वासिङ्ग मेसिन, ओभन, ल्यापटप वा मोबाइलमध्ये कुनै एक उपहार प्राप्त गर्न सक्ने छन् । आफूले खरिद गरेको गाडीको सेग्मेन्टअनुसार विभिन्न उपहार छानेर लिन सकिन्छ ।
साथै यसमा एएमसी, एक्सचेञ्ज, रिप्लेसमेन्ट र फाइनान्स जस्ता सुविधा पनि रहेका छन् । सिप्रदी ट्रेडिङ्गको कमर्सियल भेहिकल बिजनेस युनिटका सिनियर जेनेरल म्यानेजर अनुपमणि ढकालका अनुसार, हरेक वर्षझैँ यसपालीको आउँदो दशैंलाई लक्षित गर्दै ग्राहकहरुको तर्फबाट अफर सम्बन्धि सकारात्मक प्रतिक्रिया आएका छन् ।
विशेष गरी ७० प्रतिशतसम्मको फाइनान्सको सुविधाले सबैको हौसला बढाएको उनले बताए । कुन गाडीमा कुन अफर प्राप्त गर्न सकिन्छ ? कहाँ कहाँ पाइन्छ ? जस्ता विस्तृत जानकारीका लागि फेसबुक पेज ‘टाटा मोटर्स ट्रक्स एण्ड बसेस नेपाल’ हेर्न सक्ने छ । यस्तै, ९८०११०७६०० मा मिसकल गर्न सक्ने व्यवस्था रहेको छ ।














शिक्षामन्त्री पुनले दिए राजीनामा
हातहतियार बुझाउन कञ्चनपुर प्रशासनको निर्देशन
रुपन्देहीका पाँचवटै निर्वाचन क्षेत्रमा मनोनयन दर्ताको समय निर्धारण
बाजुरामा रुखबाट लडेर व्यक्तिकाे मृत्यु
टी-२० विश्वकप खेल्न जाने नेपाली पुरुष क्रिकेट टिमको बिदाइ
प्रधानमन्त्री कप पुरुष क्रिकेट छनोट प्रतियोगिता सुरु
टी-२० विश्वकप ग्लोबल छनोट : पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित
महिला टी-२० विश्वकप ग्लोबल छनोट: नेपालले गुमायो ३ विकेट
प्रतिक्रिया