आइतबार, चैत १, २०८२

मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा सुरु

मेरोन्यूज २०७९ भदौ ७ गते १९:५०

काठमाडौँ । मिदास टेक्नोलोजीले राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँ र हेटौंडा अस्पतालको सेवा डिजिटलाइजका साथै अनलाइन टिकट सेवा सुरु गरेको छ । यो सेवापछि अस्पतालमा जचाउन बिहानदेखि घण्टौ लाइनमा बसेर पाउने सास्तीबाट बिरामी वर्गले छुटकारा पाउने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

यो सेवा स्वास्थ्य क्षेत्रअन्र्तगतमा मिदास टेक्नोलोजी सफ्टवेरमार्फत शुरु गरिएको छ । बिरामी आफै अपोइण्टमेण्ट लिन र भुक्तानी गर्न सक्षम हुने हुँदा अस्पतालमा गई लाइन लाग्ने झन्झटबाट मुक्ति मिल्नुका साथै समयको बचत हुनेछ ।

विश्वमा जारी कोरोना महामारीको समयमा यो सेवा झनै बढी प्रभावकारी हुने विश्वास लिइएको छ । यो सेवा हाललाई टिचिङ अस्पताल, वीर अस्पताल, सिभिल सर्भिस अस्पताल, मनमोहन कार्डियो, वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानसँगै अरु मिदास टेक्नोलोजीले उपलब्ध गराइएको सफ्टवेर प्रयोगकर्तामाझ अन्य सरकारी तथा निजी अस्पतालहरुले समेत दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइण्टमेण्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ ।

प्रतिक्रिया