जापानमा कोरोनाबाट एकैदिन ३४३ जनाको मृत्यु
मेरोन्यूज
२०७९ भदौ ७ गते २०:४०

काठमाडौँ । जापानमा कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ३४३ जनाको मृत्यु भएको छ ।
जापानमा अहिले चलिरहेको कोरोना भाइरसको सातौँ लहरका क्रममा दैनिक मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ । अघिल्लो दिन ३२७ जनाको कोरोना भाइरसकै कारण मृत्यु भएको विवरण स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको थियो ।
दैनिक सङ्क्रमितको सङ्ख्या पनि पछिल्लो समयमा अत्यधिक देखिएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा दुई लाख आठ हजार ५५१ जना सङ्क्रमित भएका हुन् ।
कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या बढ्दै गएकाले सरकारले फेरि कतिपय गतिविधिमा कडाइ गर्न लागेको छ । मास्क लगाउनु पर्ने, सेनिटाइजरको प्रयोग गर्ने, सामाजिक दूरी कायम गर्नेमा ख्याल गर्न सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले अनुरोध गरेका छन् ।
सम्बन्धित










तनावका बीच इरानले गर्याे क्षेप्यास्त्र परीक्षण
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
रवि लामिछाने र बालेनबीच भेटवार्ता
कांग्रेस क्रियाशील सदस्यताको फारम पुस ९ गते भित्र भर्नुपर्ने
क्षेप्यास्त्र कार्यक्रममा कुनै सम्झौता हुँदैन -इरान
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
कार्की ब्याङ्क्वेटमा ईश्वर पोखरेल समूहको भेला
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
प्रतिक्रिया