आइतबार, माघ ११, २०८२

भिजिट भिसामा कुवेत जान लागेका ३९ महिला नियन्त्रणमा

मेरोन्यूज २०७९ भदौ ८ गते १३:१६

काठमाडौँ । भिजिट भिसामा कुवेत जान लागेका ३९ जना महिलालालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नियन्त्रणमा लिइएको छ ।

उनीहरू बुधबार बिहान ३ बजे जजीरा एयरको उडानमार्फत कुबेत जान लागेका थिए । भिजिट भिसाका लागि आवश्यक कागजात नभएकाले मानव तस्करीमा संलग्न समूहले कुबेत लैजान लागेको आशंकामा उनीहरूलाई रोकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले बताए। ती महिलाहरूलाई पीडितका रूपमा माइती नेपालमा पठाएको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया