साफ च्याम्पियनसिपको दुई हप्ता अघि नै भुटानी टिम नेपालमा

काठमाडौं । साफ महिला च्याम्पियनसिप खेल्न भुटानको महिला फुटबल टिम बिहीबार बिहान काठमाडौं आइपुगेको छ ।
२१ भदौदेखि दशरथ रंगशालामा हुने प्रतियोगिता खेल्न भुटानी टिम झण्डै दुई हप्ता अगाडि नै नेपाल आइपुगेको हो । भुटान नेपालमा केही अभ्यास खेल खेल्ने तयारी स्वरुप केही अगाडी नै नेपाल आइपुगेको हो । आसन्न साफका लागि नेपाल आइपुग्ने पहिलो टिम भुटान नै हो ।
बिहान करिब ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको भुटानी टिमलाई अखिल नेपाल फुटबल संघका पदाधिकारी र नेपाली राष्ट्रिय महिला टिमका पूर्व खेलाडी दीपा अधिकारी लगायतले स्वागत गरे ।
सन् २०१९ पछि कोभिड १९ का कारण निरन्तर हुन नसेकेको साफ फेरि नेपालमै हुन लागेको हो । यसअघि २०१९ मा पनि नेपालकै विराटनगरमा भएको थियो ।
प्रतियोगितामा आयोजक नेपाल, भुटान, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स सहभागी हुने निश्चित छ । तर, भारत भने फिफाको प्रतिबन्धका कारण सहभागी हुने वा नहुने भन्ने निश्चित भइसकेको छैन ।









बसिर अहमद बने एनपिएलमा अर्धशतक जोड्ने १३औँ खेलाडी
कृषि विकास बैंकलाई अन्तर्राष्ट्रिय सम्मान
प्रधानमन्त्री र जेन-जी अगुवाबीच भेटवार्ता
खाडी मुलुक जाने श्रमिकका लागि हवाइ भाडादरमा छुट
कर्णालीविरुद्ध विराटनगरको रोमाञ्चक जीत
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
एनपिएलः अपराजित विराटनगर किङ्ग्सको यात्रामा चितवन राइनोजले लगायाे ब्रेक
एनपीएलमा आज विराटनगर र चितवन खेल्दै
शेख हसिनालाई मृत्युदण्डको सजायविरुद्ध देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा
प्रतिक्रिया