सिलवेस्टरबाट अलग्गिन जेनिफरको निवेदन

एजेन्सी । फिल्म ‘रेम्बो’बाट विश्वमाझ चिनिएका हलिउड अभिनेता सिलवेस्टर स्टेलोनकी श्रीमतीले सिलवेस्टरबाट अलग्गिने घोषणा गरेकी छन् । श्रीमती जेनिफर फ्लेविनले फ्लोरिडाको पाम बीच काउन्टीको एक अदालतमा ७६ वर्षे अभिनेताबाट अलग्गिनका लागि निवदेन दिएकी छन् ।
स्टेलोन र फ्लेविनले सन् १९९७ मा विवाह गरेका थिए । यद्यपि उनीहरुको सम्बन्ध सन् १९८८ मा क्यालिफोर्नियाको बेवर्ली हिल्सको एक रेष्टुरेन्टबाट जोडिएको थियो । विवाहको २५ वर्षपछि उनीहरूले अलग्गिने निर्णय लिएका हुन् ।
गत मेमा दुवैले विवाहको २५औं वर्ष मनाएका थिए । यही मौकामा अभिनेताले श्रीमतीका लागि सामाजिक सञ्जालमा एक पोस्ट लेखेका थिए । ‘विवाहको २५औं वार्षिकोत्सवको शुभकामना । मसँग बयान गर्नका लागि कुनै पनि शब्द छैन । अविश्वसनीय रुपले निस्वार्थ समर्पित, धैर्यवान यी महिलाले हाम्रो जीवनमा केमात्र महत्व राखिनन् । म यही कामना गर्छु २५ वर्ष बढी यसरी नै बाँच्न पाइयो । धन्यवाद स्वीटहार्ट’, उनले लेखेका थिए ।
सिलवेस्टरका अलावा पत्नी फ्लेविनले पनि २५औं वर्षको शुभकामना सामाजिक सञ्जालबाट दिएकी थिइन् । यद्यपि उनले त्यो पोस्ट केही समयमा नै हटाइन् ।
सिलेवेस्टर एक्सन फिल्मका कारण विश्वमाझ चिनिए । उनले कैयौं हलिउड फिल्ममा अभिनय गरिसकेका छन् । ‘एक्सपेण्डेबल्स’मा उनको भूमिकालाई निकै मनपराइएको थियो ।
















संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठकमा के-के भयो सहमति ?
देउवाले भने- म र मेरो परिवारको सम्पत्तिबारे भ्रामक र झुटा प्रचारबाजी भयो
वैदेशिक रोजगार उद्धार नेपाल काठमाडौँ संस्थाका सञ्चालक गोले पक्राउ
सार्वजनिक यातायातको भाडा बढ्यो, कुन रुटमा कति पुग्यो ? (सूचीसहित)
इरानद्वारा कुवेत र इमिरेट्समा मिसाइल आक्रमण
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
इरान र अमेरिकाबीच ४५ दिने युद्धविरामको लागि अन्तिम प्रयास
ट्रम्पले आक्रमण बढाए हर्मुजमात्रै होइन अन्य समुद्रीमार्ग पनि बन्द गरिदिन्छौँ -इरान
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिक्रिया