शनिबार, पुष १२, २०८२

कोरोनाबाट थप एक जनाको मृत्यु, ३२४ जना संक्रमित

मेरोन्यूज २०७९ भदौ १० गते १६:५५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर थप ३२४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । सोही अवधिमा एक जनाको मृत्‍यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कूल तीन हजार ५१५ जनाको परीक्षण हुँदा ३२४ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ९४३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ४१८ जना संक्रमण मुक्त भई घर फर्किएका छन् ।

प्रतिक्रिया