तिलगंगा आँखा अस्पताललाई सहयोग गर्ने अर्थमन्त्री शर्माको प्रतिबद्धता

काठमाडौँ । अर्थ मन्त्रालयले तिलगंगा आँखा अस्पतालको सेवा विस्तार गर्न सहयोग गर्ने भएको छ । आइतबार अर्थमन्त्री जनार्दन शर्माले अस्पतालका संस्थापक डा. सन्दुक रुइतसहितको टोलीसँग भेट गर्दै सहयोग गर्न सकारात्मक भएका हुन् ।
अर्थ मन्त्रालयका जनसम्पर्क सल्लाकार मनऋषि धितालका अनुसार गौशालामा रहेको हालको अस्पताल परिसर साँघुरो भएकाले सेवा विस्तारका लागि हेटौँडामा संरचना निर्माण गर्ने योजना रहेको डा. रुइतले बताएका थिए । त्यसका लागि टोलीले अर्थ मन्त्रालयसँग सहयोग माग गरेको थियो । मन्त्री शर्माले मन्त्रालय सहयोग गर्न तयार रहेको जवाफ दिएका थिए ।
‘अस्पतालले उत्पादन गर्ने लेन्स नेपालमा मात्र होइन धेरै देशमा निर्यात हुँदो रहेछ’, मन्त्री शर्माले भने, ‘नेपालमै ठूलो मात्रामा उत्पादन गर्दा सस्तो र सुलभ हुने देखियो, हामी छलफल गरेर के कति सहयोग गर्न सकिन्छ, गरौँला ।’
अस्पतालले हाल आँखाको नानी, आँखाको पर्दा, जलविन्दु, युभिआइटिस, आँखाको नशा, आँखाको प्लाष्टिक सर्जरी, बाल आँखालगायतका सेवा प्रदान गर्दै आइरहेको छ । यसैगरी विभिन्न मुलुकका प्रशिक्षार्थीले विशेषज्ञ तालिमसमेत लिने गरेका छन् ।















नयाँ शैक्षिक सत्र अगावै कर्णालीमा पुग्यो पाठ्यपुस्तक
सुनचाँदीको मूल्य घट्यो, आज कारोबारको मूल्य कती ?
छुरा प्रहारबाट घाइते भएका दुई युवकको मृत्यु
प्रति ट्याङ्कर ३० करोडसम्म शुल्क लिएर हर्मुज पार गर्न अनुमती दिँदै इरान
अस्थायी युद्धविरामको अमेरिकी प्रस्ताव इरानद्वारा अस्विकार
ओली र लेखकमाथि बिहीबारसम्म अनुसन्धान सक्न सर्वोच्चको आदेश, अन्यथा थुनामुक्त गर्नू
प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन, सभापतिमा गणेश पराजुली
युद्धका बीच ४५ दिने विराम प्रस्ताव
प्रतिक्रिया