नेपाली एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’ को प्रिमियर बेलायतमा

लण्डन । चर्चित तेक्वान्दो खेलाडी एवं ग्राण्ड मास्टर राजकुमार राई अभिनित एक्सन चलचित्र ‘सोल अफ द कमाण्डो’को बेलायतमा प्रिमियर गरिएको छ ।
बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा शनिबार रेड कार्पेटसहित भव्य समारोह गरी चलचित्रको प्रिमियर शो गरिएको हो ।
विदेशी चलचित्रकर्मीहरुको समेत सहभागिता रहेको कार्यक्रममा नेपाली सिने जगतका लोकप्रिय कलाकारहरुको पनि उपस्थिति थियो । प्रिमियर शोमा सहभागी अधिकांश दर्शकहरुले चलचित्र अत्यन्तै राम्रो बनेको प्रतिक्रिया दिए।
प्रिमियर शोमा छ सय भन्दा बढी दर्शकहरुको सहभागिता रहेको थियो । दर्शकहरुको सकरात्मक प्रतिक्रियाले आफ्नो आत्मबिश्वास बढाएको र आगामी दिनहरु यो भन्दा अझ राम्रो चलचित्र निर्माणको लागि हौसला मिलेको चलचित्रका मुख्य कलाकार एवं निर्माता राजकुमार राईले बताए ।

चलचित्रको पहिलो प्रिमियर शो भब्यताका साथ सफल भएसँगै अब बेलायतका अरु विभिन्न शहरहरुमा पनि चलचित्रको प्रदर्शन गर्दै जाने चलचित्र निर्माण टिमले जनाएको छ । नेपालमा भने यो चलचित्रको प्रदर्शन सन् २०२३ मा मात्र हुने भएको छ ।
नेपाल लगायत विभिन्न देशमा समेत छांयाङ्कन गरिएको चलचित्र ‘सोल अफ द कमाण्डो’ले नेपाली एक्सन चलचित्रको क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास राखिएको राईले बताए । युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो चलचित्र रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन् ।
एक सैनिकको संघर्षलाई चलचित्रको कथाबस्तुमा समेटिएको निर्माण पक्षले जनाएको छ । चलचित्रमा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खड्का, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु, पूर्ण लिम्बु लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
















सरकार गठनको दुई सातामै दुई विषयमा रवि लामिछाने र बालेन साहबीच टकराव
पाकिस्तानी प्रधानमन्त्री शरीफद्वारा लेबनानी प्रधानमन्त्रीसँग वार्ता, इजरायली आक्रमणको निन्दा
एक दिवसीय क्रिकेटको खेलतालिका सार्वजनिक
चितवनमा बसको ठक्करबाट युवतीको मृत्यु
विद्यार्थी भर्ना वैशाख १५ गतेबाट सुरु हुने
संयुक्त राष्ट्रसंघमा भिटोमार्फत इरानको पक्षमा उभिए रूस र चीन
अमेरिका र इरानबिच दुई हप्ताको युद्धविराम सम्झौता
यी हुन् ‘२०८२’मा सबैभन्दा बढी कमाउने १० नेपाली फिल्म
राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त
ट्रम्पले चेतावनी दिँदै भने -मंगलबार राति “इरानी सभ्यता समाप्त हुन सक्छ”
प्रतिक्रिया