विश्वकै सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर नेपालमा

काठमाडौँ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि।ले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरका लागि डिजाइन गरिएको हो ।
ईभी चार्जिङ ईओ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले ईभ चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । ईओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।
ईओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डीएचएल र टेस्को जस्ता फ्लट अपरेटरले प्रयोग गर्दै आएका छन् । यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ ।
यस कम्पनीले मर्सिडज बेञ्ज भ्यान जस्ता धेरै निर्मातासँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ म ईओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार ओटा चार्ज पोइण्टहरु स्थापित गरेको थियो ।
ईओ मिनीका अन्य उल्लेखनीय सुविधामा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७।२ किलोवाटसम्मको पावर रेटिङ्गलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर एक वर्षको वारेन्टीको साथ आउँछ । यसको मूल्य ८५ हजार रुपैयाँ कायम गरिएको छ ।















भद्रपुरबाट दुई अर्ब ७० करोड बढी राजस्व सङ्कलन
राष्ट्रिय सुरक्षा तालिम सुरु
सेयर बजारमा ४ अंककाे वृद्धि, काराेबार रकम १४ अर्बमाथि
यी हुन् श्रम संस्कृति पार्टीले छानेका ४ समानुपातिक सांसद
हुरीका कारण झापामा केराखेतीमा क्षति
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
भोलिदेखि ग्यास आधा सिलिन्डर मात्रै पाइने
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया