बुधबार, माघ ७, २०८२

विश्वकै सानो र स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर नेपालमा

मेरोन्यूज २०७९ भदौ १४ गते १६:४२

काठमाडौँ । एमजी मोटर्स नेपालको आधिकारिक वितरक प्यारामाउन्ट मोटर्स प्रा. लि।ले नेपालमा पहिलोपटक विश्वको सबैभन्दा सानो स्मार्ट इलेक्ट्रिक भेहिकल चार्जर सार्वजनिक गरेको छ । यो विशेष गरी विश्वभरिका ऊर्जा सचेत ईभी युजरका लागि डिजाइन गरिएको हो ।

ईभी चार्जिङ ईओ ब्रिटिश प्रदायकको बिजुलीबाट चल्ने सवारी साधनको प्राविधिक रुपमा सक्षम चार्जिङ सोलुसन हो । यसले ईभ चार्जिङ स्टेशनहरू र हार्डवेयर–एग्नोस्टिक क्लाउड–बेस्ड चार्ज पोइन्ट व्यवस्थापन सफ्टवेयर डिजाइन र निर्माण गर्दछ । ईओ बेलायतको मुख्यालयमा २०१४ मा स्थापना गरिएको थियो ।

ईओको टेक्नोलोजी, विश्वका ठूला व्यवसाय र एमाजोन, डीएचएल र टेस्को जस्ता फ्लट अपरेटरले प्रयोग गर्दै आएका छन् । यो विश्वभर ३५ भन्दा बढी देशहरूमा वितरण भएको छ ।

यस कम्पनीले मर्सिडज बेञ्ज भ्यान जस्ता धेरै निर्मातासँग चार्जिङ पार्टनरको रूपमा साझेदारी पनि गर्दै आएको छ । डिसेम्बर २०२१ म ईओले यूके, आयरल्याण्ड र स्क्यान्डिनेभियामा ६० हजार ओटा चार्ज पोइण्टहरु स्थापित गरेको थियो ।

ईओ मिनीका अन्य उल्लेखनीय सुविधामा विश्वव्यापी सकेट वा टेथर्ड (कालो मात्र) र एक ७।२ किलोवाटसम्मको पावर रेटिङ्गलाई लिन सकिन्छ । कम्प्याक्ट चार्जर एक वर्षको वारेन्टीको साथ आउँछ । यसको मूल्य ८५ हजार रुपैयाँ कायम गरिएको छ ।

प्रतिक्रिया