नेपालले केन्यालाई दियो १७६ रनको लक्ष्य, तीन वर्षपछि ज्ञानेन्द्रले बनाए अर्धशतक

काठमाडौँ । नेपाल केन्याविरुद्धको पाँचौँ तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेट खेलमा १७६ रनको लक्ष्य दिएको छ । नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो ।
केन्याको नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा ब्याटिङ गर्ने क्रममा नेपालले ७ विकेट गुमाउँदै १७५ रन बनाएको हो । नेपालका लागि अर्जुन साउदले २९ तथा दीपेन्द्रसिंह ऐरीले २२ रनको योगदान दिए ।
यस्तै ज्ञानेन्द्र मल्ल ४३ बलमा सर्वाधिक ५९ रन बनाए । उनले दुई छक्का र पाँच चौका प्रहार गरे । यसैगरी, रोहित पौडेलले ४७ रन बनाए । उनी अर्धशतक बनाउनबाट चुके । उनले ७ चौका प्रहार गरे ।
खेलमा अदिल अलामले ४ रन बनाउँदा विवेक कुमार यादवले २ रन बनाएर आउट भए । करण केसी २ रन बनाउँदै नटआउट हुँदा सोमपाल कामीले शून्य रनमा नटआउट भए ।
पाँच वटा टी–२० श्रृङ्खलामा नेपाल र केन्याले २-२ खेल जितेका छन् । आजको खेलमा जित्नेले श्रृङ्खला जित्ने छ ।















ट्रम्पको दाबी खारेज गर्दै इरानले भन्यो- ‘कुनै वार्ता र सहमती भएको छैन’
भुटानमाथि नेपालको २–१ को जित
एमालेद्वारा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन निर्देशन
ग्लोबल मनि विकमा नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान
इरानद्वारा डिएगो गार्सियामा क्षेप्यास्त्र प्रहारपछि किन आत्तियाे अमेरिका ?
सुरेन्द्र पाण्डेको टिप्पणी- कार्यशैली परिवर्तन नगरे अर्को चुनावपछि एमाले स्कुटरमा अट्ने बन्छ
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
आज शनिबार यी राशिहरूलाई मिल्दैछ लाभ, हेर्नुहोस् राशिफल
काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु
प्रतिक्रिया