शनिबार, मंसिर १३, २०८२

इंग्लिस प्रिमियर लिग : चेल्सीको दोस्रो हार

मेरोन्यूज २०७९ भदौ १५ गते १०:१३

काठमाडौं / साउथह्याम्पटनसंग मंगलबार राति २-१ ले पराजित हुँदै चेल्सीले  इंग्लिस प्रिमियर लिग फुटबल २०२२/२३ मा दोस्रो हार बेहोरेको छ  

घरेलु टोली साउथह्याम्पटनको जितमा  रोमिओ लाभिया र एडम आर्म्सट्रोङले एक एक गोल गरे । यसअघि चेल्सीका रहिम ट्रर्लिङले खेलको २३औं मिनेटमा अग्रता लिएका थिए । 

जितसँगै साउथह्याम्पटन ५ खेलमा ७ अंक जोडेर सातौं स्थानमा छ । चेल्सी ७ अंक जोडेर आठौं स्थानमा  छ ।

यस्तै, अन्य खेलमा फुलहमले ब्राइटनलाई २-१ ले हरायो । क्रिस्टल प्यालेस र ब्रेन्टफोर्ड तथा  लिड्स युनाइटेड  र एभर्टनले १-१ गोलको बराबरी खेले ।

प्रतिक्रिया