तेस्रो टीबीसी जब फेयर हुँदै

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर ३.०) को आयोजना गर्ने भएको छ । कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो सेप्टेम्बर २ मा तेस्रो जब फेयरको आयोजना गर्न लागेको हो ।
कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए, एमबिए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउनेछन् ।
जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहनेछ । कम्पनीका प्रतिनिधिहरुले टीबीसीमा हाल अध्ययनरत विद्यार्थी तथा पूर्व विद्यार्थीहरुलाई क्षमताको आधारमा कामको अवसर दिनेछन् । त्यस्ता कम्पनीहरुमा लिपफ्रग, दराज, द चौधरी ग्रुप, आइएमएस, बियोण्डआइडी, नेपाल पेमेन्ट सोलुसन (डिजीहब), सुबिसी केबलनेट, जिनिएस डिजाइन्स प्रा.लि, एक्ट ३६०, यति एयरलाइन्स, इसेवा, गेन्स, रिगो टेक्नोलोजी, युनिलिभर, क्लासिक टेक, द आइडिया जार, युएन, लुप नेटवर्क, सुलभ पे, मजेस्टिक मार्केटिङ र द ब्रिटिस कलेज रहेका छन् ।
द ब्रिटिस कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डल भन्छन्, ‘टीबीसीले हरेक वर्ष नेतृत्वदायी भुमिका खेल्दै आइरहेका कम्पनीहरु तथा विद्यार्थीहरुबीचको दूरीलाई नजिक बनाउनको लागि ब्रिजको रुपमा जब फेयरको आयोजना गर्दै आएको छ । जब फेयरमार्फत योग्य विद्यार्थीहरुले कामको अवसर पाउनुको साथै आफ्नो नेटवर्क विस्तार गर्न विशेष अवसर पाउनेछन् ।’
हाल कलेजमा अध्ययनरत तथा पूर्व विद्यार्थीहरुलाई सबैलाई जब फेयरमा सहभागी हुनको लागि कलेजले आग्रह गरेको छ । जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउनचाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्नेछ । विज्ञहरुबाट व्यक्तिगत विवरण (सीभी) बनाउने, तथा क्षमताको बारेमा जानकारी प्रदान गर्ने तथा अन्तर्वार्ताको प्रस्तुति तथा कुराकानीको बारेमा सिकाइनेछ ।
द ब्रिटिस कलेजका स्टुडेन्ट इन्टर्नसिप अफेर्स हेड सुनिल श्रेष्ठले भने, ‘टिबिसीले विद्यार्थीहरुलाई हरेक तरिकाले निपुण बनाउन तालिम प्रदान गर्दै आइरहेको छ । उनीहरुलाई आवश्यक पर्ने सीप तथा तालिम ग्रयाजुयट हुनुपुर्व नै सिकिसकेका हुन्छन् । जब फेयर पनि यसै अन्तर्गत विद्यार्थीहरुको उदेश्य परिपुर्ति गर्नका लागि गरिदैँ आएको कार्यक्रम हो ।’















मातृकाको सांसद पद जोगियो, किशोरीको मुद्दामा सर्वोच्चले दिएन अन्तरिम आदेश
रवि लामिछानेविरुद्धकाे दायर रिट ‘हेर्दाहेर्दै’मा
प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
पूर्वराष्ट्रपति भण्डारीद्वारा अध्यक्ष ओलीलाई समवेदना
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
इरानका नयाँ सर्वोच्च नेता खामेनीले भने-‘अमेरिकी बेसहरू बन्द नभएसम्म आक्रमण जारी रहन्छ’
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
इरानी राष्ट्रपति पेजेश्कियान जनतासँगै सडकमा उत्रिए
प्रतिक्रिया