कोकाकोला जेरो सुगर ग्लास बोतलमा

काठमाडौँ । कोकाकोला नेपालले कोकाकोला जेरो सुगर आरजीबी (रिटर्नेबल ग्लास बोतल) बोतलमा बजारमा ल्याएको छ । जेरो सुगर र क्यालोरीबिना ओरिजिनल कोका–कोलाको स्वादको रिफ्रेश्मेन्ट चाहने उपभोक्ताहरूलाई लक्षित गरेर बजारमा ल्याइएको हो ।
पुनः प्रयोग गर्न मिल्ने भएकाले यी आरजीबी बोतल वातावरण मैत्री रहेको छ । यसको ग्लास प्याकेजिङले कोकाकोलालाई लामो समयसम्म रेफ्रेश बनाउने गर्दछ । कोकाकोला जेरो सुगर आरजीबी बोतल काठमाडौँका विभिन्न किराना पसल र खाजा घरमा ४० रुपैयाँमा २५० मि.लि.को ग्लास बोतलमा उपलब्ध छ ।
कोका–कोलाका नेपाल कन्ट्री डाइरेक्टर आदर्श अवस्थीले भने, ‘हामी हाम्रा उपभोक्ताको लागि हरेक परिस्थितिमा उपयोग गर्न मिल्ने किसिमको विविधता प्रदान गर्न तत्पर छौँ, चाहे त्यो स्वादमा होस् वा प्याकेजिङमा, जिरो क्यालोरीमा कोकाकोलाकै ओरिजिनल रिफ्रेशमेन्ट चाहने उपभोक्ताका लागि यो अत्यन्तै उपयुक्त रोजाइ हो ।’
कोकाकोला जेरो सुगरको नयाँँ आरजिबि प्याक २५० मिलिमा उपलब्ध छ । साथै, यसको पेट प्याक २५० मिलि र ५०० मिलिमा उपलब्ध रहेको छ ।














अब राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा
श्रीराम ग्यास उद्योगको गोदाममा लुकाएको छ हजार सिलिन्डर बरामद
सेवा प्रवाहमा जिल्ला प्रशासन कार्यालय काठमाडौँको नवीनतम मोडेल उत्कृष्ट
महाकाली नदीमा व्यावसायिक -याफटिङ सुरु
इरानमाथि सैनिक हमलामा ५० हजार भन्दा बढी अमेरिकी सैनिक संलग्नः पेन्टागन
दुबई र अबुधाबीमा रहेका बन्दरगाह क्षेत्रहरू खाली गर्न नागरिकलाई इरानकाे चेतावनी
नेपाल–इन्डो क्रिकेटः भारतको पिथौरागढ सेमिफाइनलमा
अमेरिकी सैन्य विमान इराकमा दुर्घटना : चालक दलका छ जनाको मृत्यु
एमालेले टुंग्यायो १६ जना समानुपातिक सांसद (सूचीसहित)
प्रतिक्रिया